काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताएका छन् ।
सङ्खुवासभाबाट व्यवस्थापिकाका–संसदमा प्रतिनिधित्व गर्ने सांसद दिपक खड्काले सगरमाथा आरोहीलाई राखेको सम्मान कार्यक्रममा बोल्दै संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्रीले झुटो सपना बाँड्दै हिँडेको आरोप लगाए ।
उनले भने, “संविधान कार्यान्वयन गरेर स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्नु छ प्रधानमन्त्री सर्वे नै नगरी रेल कुदाउँछु, घरघरमा तेल र ग्यास ल्याउँछु भन्छन्, यो झुटो आश्वासनले देश चल्दैन ।”
सभापति देउवाले वर्तमान सरकारले जनताबाट उठेको कर र विदेशबाट आएको पैसा भूकम्पपीडितको नाममा गैरसरकारी क्षेत्रमार्फत बाँडेर दुरुपयोग गर्न खोजेको आरोप लगाए ।
सभापति देउवाले सगरमाथा आरोहण गरेर नेपाली काँग्रेस र सारा नेपालीको शीर उच्च बनाएको भन्दै आरोहीको प्रशंसासमेत गरेका थिए ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनलाई छाडेर प्रतिनिधिसभाको चुनाव गर्न खोजेको भन्दै दुःख व्यक्त गरे । उनले यसले मुलुकलाई अर्को अनिश्चयतातर्फ धकेल्ने खोजेको टिप्पणी गरे ।