CanadaKhabar.com

Monday, November 25, 2024 -
  • विप्लव माओवादीको बन्दले जनजीवनमा प्रभावित, सवारी साधन माथि आगजनी

    क्यानडाखबर डेस्क ( काठमाडौं ) । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका कारण बिहीबार देशैभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले सार्वजनिक यातायातमा तोडफोड समेत गरेका छन् भने कोटेश्वरमा कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा आगजनी गरेका छन् ।

    बिहान कलंकी जान ट्याक्सी रोकेका दुई जनामध्ये एकले वार्गेनिङ गरेको र अर्को व्यक्तिले ट्याक्सीमा पेट्रोल खनाएर आगजनी गरेको प्रहरीले जनाएको छ । आगो लाग्न सुरुगरेसँगै चालक बाहिरिएका थिए ।batoo banda

    बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् । सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् । भाडाका सवारी साधान नचलेपनि निजी सवारी साधन भने निर्वाधरुपमा सञ्चालन भइरहको प्रहरीले जनाएको छ ।

    यसैबीच बन्दकर्ताले राजधानीको त्रिपुरेश्रमा साझा यातायातको बसमा ढुंगा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

    बसमाथि ढुंगा प्रहार गर्ने विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ । बन्दका क्रममा अन्य थुप्रै सवारी साधनलाई निशाना बनाइएको छ । यसअघि विहानै कोटेश्वरमा एउटा ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेका थिए ।Banda

    प्रहरीले बन्द गराउँदै हिँडेका २१ जनालाई राजधानीबाट पक्राउ गरेको छ । उनीहरुलाई बन्द गराउँदै हिँडेको बेला काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ

    यसैगरी बन्दका क्रममा अहिलेसम्म राजधानीमा ३ वटा सार्वजनिक यातायातमा तोडफोड भएको जानकारी आएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जानकारी दिएको छ ।