धनगढी । यो साता कैलालीका राजनीतिक दल, नागरिक समाजका अगुवासँगै विभिन्न संघसंस्थाका सरोकारवालाहरु बर्दियाको ठाकुरद्वारामा भेला भए ।
उनीहरु टीकापुर घटनापछि खल्बलिन पुगेको सामाजिक सद्भाव पुर्नबहालीको लागि स्थानीय तहबाट गर्न सकिने साझा पहल पहिल्याउने प्रयासमा छन् ।
जेठ २४ र २५ को छलफलपछि सहभागीले यस क्षेत्रमै आपसी सदभाव कायम गर्न निरन्तर लागिरहने प्रतिबद्धता जनाए । भदौ पहिलो साता भएको टीकापुर घटनापछि उत्पन्न असहज अवस्था करिब १० महिना बितिसक्दा पनि सामान्य हुन सकेको छैन ।
भदौ ७ मा उग्र आन्दोलनकारीहरुबाट प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक दुधे बालकको निर्ममतापूर्वक हत्या भएको थियो ।