एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिको योग्य उम्मेदवार भएको बताएका छन् ।
डेमोक्रेटिक उम्मेदवारका लागि भएको प्रतिस्पर्धामा पछि परेका बर्नी स्याण्डर्ससँगको भेटपछि ओबामाले हिलारी क्लिन्टन नै योग्य उम्मेदवार भएको बताएका हुन् ।
क्लिन्टनको ट्वीटरमा एक भिडियो लिंक शेयर गर्दै उनले राष्ट्रपतिको भूमिकाका लागि क्लिन्टनलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले सम्भावित प्रत्यासी बनेकोमा बधाई दिँदै अभियानमा साथ दिने बताएका हुन् ।
यसअघि ओबामाले बर्नी सैन्डर्ससँग छलफल गर्दै रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै क्लिन्टनसँगै मिलेर काम गर्न सुझाव दिएका थिए ।
स्याण्डर्सले भने हिलारीलाई सहयोग गर्ने विषयमा केही बताएका छैनन् । यद्धपि उनले अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प उम्मेदवार भए दुर्भाग्यपूर्ण हुने बताए ।
यसैबीच रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले भने ओबामाले कुटिल हिलारीलाई समर्थन गरेको आरोप लगाउँदै हिलारी क्लिन्टन रोजगारी, अमेरिकी अर्थव्यवस्था, व्यापार, स्वास्थ्य, सैन्यलगायतका लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन् ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा हिलारी र ट्रम्पबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भइसकेको छ ।