CanadaKhabar.com

Thursday, December 18, 2025 -

कमल थापाको भारत भ्रमणमा नेपालमाथि प्रश्न

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अकस्मात रद्द गरिएकामा भारतले असन्तुष्टि जनाएको छ ।

भ्रमण रद्दको एक महिनापछि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग दिल्लीमा शुक्रबार भएको भेटमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले भ्रमण रद्द हुनुको कारण सोध्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

केही दिनअघि भारतीय विदेशमन्त्रालयका एक उच्च अधिकारीले भ्रमण रद्द गम्भीर विषय भएपनि दुई देशको सम्बन्ध बिग्रने डरले औपचारिक प्रतिक्रिया नदिएको बताएका थिए ।kamal thapa

उहाँले राष्ट्रपतिको भ्रमण रद्द हुनुको कारणबारे जिज्ञासा राख्नु भो, मैले नेपालको आन्तरिक कारण भएको जानकारी गराएँ’, भेटपछि थापाले भने, ‘थापाले तत्कालीन राजनीतिक अवस्थामा भ्रमण गर्नु उचित नभएको र राष्ट्रपतिले छिट्टै भारतको भ्रमण गर्ने बताए ।

‘अहिले नेपालको राजनीतिक वातावरण सामान्य छ, त्यसैले राष्ट्रपतिले जुनसुकै बेला भारत भ्रमण गर्न सक्नुहुन्छ, ’ उनले भने । थापा र स्वराज भेटमा समसामयिक राजनीतिबारे समेत छलफल भएको छ ।

यसअघि भारतले विशेष गरी मधेसवादी दलको मागका सम्बन्धमा कडा कुरा राख्ने गरेको भएपनि यसपटक त्यति जोडले नउठाएको स्रोतले जनायो ।