एजेन्सी । अमेरिकी राज्य फ्लोरिडाको ओल्र्यान्डोमा एक गायिकाको कन्सर्टपछि गोली हानी हत्या गरिएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । गायिका क्रिस्टिना ग्रिमीमाथि कन्सर्टपछि अटोग्राफ दिइरहेको समयमा गोली प्रहार भएको हो । गोली हानेपछि क्रिस्टिनाका दाजुले ती व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उसले आफैंलाई पनि कन्चटमा गोली हानेर आत्महत्या गरेको अधिकारीले जनाएका छन् ।
प्रहरीले भनेको छ, ‘हामी दुःखका साथ पुष्टि गर्दछौं कि क्रिस्टिना ग्रिमीको मृत्यु भएको छ ।’ प्रहरीले आक्रमणकारीको नाम भने बताएको छैन । आक्रमणकारीसँग दुईवटा बन्दुक रहेको प्रहरीले जनाएको छ ।
अटो लिन खोजेजस्तो गरी एकजना व्यक्ति हिँड्दै उनी रहेको स्थानमा आएको र नजिकै आएर गोली हानेको प्रहरीले जनाएको छ । हत्याको थप विवरण आएको छैन ।
अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनी टेलिभिजन कार्यक्रम ‘द भ्वाइस’को सन् २०१४ को छैठौं संस्करणमा तेस्रो भएकी थिइन् ।
करिब दुई साताअघि जापानमा पनि यसरी नै कन्सर्ट सकिएपछि एक समर्थकले आफ्नो उपहार स्वीकार नगरेको भन्दै चक्कु प्रहार गरी एक गायिकाको हत्या गरेका थिए ।