एजेन्सी । फ्रान्समा जारी युरो कप फुटबलअन्तर्गत शनिबारराति भएको इङ्ल्यान्ड र रुसियाबीचको खेलका क्रममा हिंसात्मक झडप भएको छ ।
मार्से शहरमा भएको खेलका क्रममा रंगशालामै इङ्ल्यान्ड र रुसका समर्थकबीच झडप भएको हो । झडपका क्रममा कम्तिमा ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । खेल एक एक गोलको बराबरीमा सकिएको थियो । खेलसकिएपछि दुवै देशका समर्थकहरुबीच झडप भएको हो ।
झडपमा दुवै देशका समर्थकले एक–अर्कामाथि कुर्सी तथा बोतल प्रहार गरेका थिए । दंगा नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा समेत प्रहार गर्नुपरेको थियो ।