CanadaKhabar.com

Sunday, November 24, 2024 -
  • नाइट क्लबमा ५० मारिएपछि अमेरिकाको ओल्र्याण्डो सहरमा संकटकाल घोषणा

    एजेन्सी
    फ्लोरिडा, ३० जेठ

    अमेरिकाको फ्लोरिडामा एक रात्रिक्लबमा भएको गोलाबारीमा परी कम्तीमा पनि ५० जना मारिएका छन् । अमेरिकामा गोलाबारीमा यतिधेरै संख्यामा सर्वसाधारण मारिएको यो पहिलो घटना हो । घटनापछि ओल्र्याण्डो सहरका मेयर बुढ्डी डायरले आपतकालको घोषणा गरेका छन् ।
    फ्लोरिडाको ओल्र्यान्डोमा समलिंगीहरूले सञ्चालन गरेको रात्रिक्लब ‘पल्स’मा भएको भीषण गोलाबारीमा अन्य ५३ जना घाइते भएका छन् ।
    ओल्र्यान्डो प्रहरीले पल्स क्लबलाई तीन घन्टा नियन्त्रणमा लिएर बन्दुकधारीले सर्वसाधारणको हत्या गरेको जनाएको छ । आक्रमणकारी ओमार मातिनपनि सोही क्लबमा मारिएका छन् । अधिकारीहरूले आक्रमणकारी इस्लामिक समर्थक आतंकवादी विचारधाराको भएको प्रतिक्रिया दिएका छन् । तर, अन्तर्राष्ट्रिय आतंकवाद हो वा घरेलु आतंकवाद भन्नेबारेमा भने केही खुलाएका छैनन् ।
    आक्रमणमा घाइते भएकाहरूलाई उपचारका लागि भर्ना गरिएको छ । अस्पतालबाहिर घाइतेहरूका आफन्तहरूको भीड लागेको छ । ओल्र्यान्डो प्रहरी प्रमुख जोन मिनाले २ बजे आक्रमण सुरु भएको र त्यसअघि आक्रमणकारीले ड्युटीमा रहेका प्रहरीको बन्दुक लिएको जानकारी गराएका छन् ।
    प्रहरी प्रमुख जोनले आक्रमणकारीको समेत मृत्यु भएको जनाएका छन् । घटनास्थलमा प्रहरीले ५० जनाको शव फेला पारेको जनाएको छ । आक्रमण गरिएको पल्स क्लब फ्लोरिडाको सबैभन्दा ठूलो समलैंगिक क्लब मानिन्छ । सो क्लबमा आक्रमणका समयमा सयजना भन्दा बढी सहभागी रहेको जनाइएको छ । 139407261200134956321114                                                                                                                        इन्टरनेबाट साभार घटनास्थलको तस्विर
    अमेरिकामा गत वर्ष मात्रै यसप्रकारका गोलाबारीका ३ सय ७२ घटना भएको र ती घटनामा ४ सय ७५ जनाको मृत्यु हुनुका साथै १ हजार ८ सय ७० जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
    शनिबार मात्रै पनि ओल्र्यान्डामा गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या भएको थियो । स्टेजमा गीत गाएर अटोग्राफ दिइरहेका बेला २२ वर्षीय क्रिस्टिनामाथि २६ वर्षीय केभिन जेम्सले गोली प्रहार गरेका थिए । तर, उनले आक्रमण गर्नुको कारण भने अझै खुल्न सकेको छैन ।