CanadaKhabar.com

Sunday, February 23, 2025 -
  • गुएल्फमा नेपाली समुदायको नमुना काम

    गोकर्ण लामिछाने
    गुएल्फ,ओन्टारियो ।

    यतिबेला क्यानडाको ओन्टारियो स्थित गुएल्फ  सिटिमा मेलाको रन्को छ । गुएल्फ सिटिले आफ्नो ‘३० औं मटिकल्चर फेस्टिबल’ मनाइरहेको छ ।   गुएल्फ सिटिमा बस्दै आएका नेपालीहरुले यही सन्दर्भ पारेर निकै उदाहरणिय काम गर्न सफल भएका छन् । gulf nepali food stall (1)

    गुएल्फस्थित पार्कमा  चलिरहेको मेलामा बिभिन्न देशका उत्पादन तथा मौलिक खानाको स्टल समेत राखिएको छ। यही फेस्टिबलको अबसर पारेर गुएल्फमा बस्दै आएका नेपाली समुदायको संस्था ग्रेटर गुएल्फ नेप्लिज कम्युनिटीले नेपाली खानाको स्टल राखेको छ कम्युनिटीको साझा प्रयासमा राखिएको यो स्टलको मुख्य लक्ष्य नेपाली खाना मार्फत आफ्नो देशको प्रबर्दन गर्दै बिदेशीहरुलाई नेपाली खानाको स्वाद दिनु रहेको संस्थाका सकृया अगुवा प्रकाश अधिकारी बताउंछन् । gulf nepali food stall (6)

    मेला अबधीभर करिब दुई हजार भिजिटरलाई नेपाली स्वाद दिने कम्युनिटीको लक्ष्य छ । स्टलबाट आएको आम्दानी सामाजिक काममा खर्च गरिने आयोजक संस्थाले बताएको छ । gulf nepali food stall (3)

    gulf nepali food stall (4)

    gulf nepali food stall (2)