काठमाडौं । अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका कप फुटबलमा समूह डीको विजेता बनेको छ ।
यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको अर्जेन्टिनाले बुधबार बिहान भएको खेलमा बोलिभियालाई ३–० ले हराउँदै अर्जेन्टिनाले क्वाटरफाइनलमा भेनुजुएलासँगको भेट पक्का गरेको हो ।
वाासिङटनस्थित सेल्न्चुरीलिंक फिममा भएको खेलमा अर्जेन्टिनाले १३ औं मिनेटमा लामेलाको गोलबाट अग्रता लिएको थियो भने त्यसको दुई मिनेटपछि नै लाभेज्जीले अग्रता दोब्बर पारे ।
खेलको ३२ औं मिनेटमा कोस्टाले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि अर्जेन्टिना विजयी भएको हो ।
बुधबार विहान नै भएको समूह चरणको अन्तिम खेलमा पनामामाथि ४–२ को जित निकालेको चिली पनि समूह डी को उपविजेताका रुपमा अन्तिम आठमा पुगेका छ ।
यो सँगै क्वाटरफाइनलको समिकरण पूरा भएको छ । पहिलो क्वाटरफाइनलमा अमेरिका र इक्वेटर भिड्नेछन् भने पेरु र कोलम्बिया तथा मेक्सिको र चिली आमुने सामुने हुनेछन् ।