एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोलाल्ड ट्रम्पको अमेरिकामा मुसलमानको प्रवेशमा रोक लगाउने अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
उनले ट्रम्पले भनेजस्तो अमेरिकामा मुसलमानको प्रवेशमा रोक लगाउन नसकिने बताएका हुन् । उनले मुस्लिमहरुमाथि अलग व्यवहारले देशको सुरक्षामा झनै धक्का पुग्ने उनको भनाई छ ।
सोमबार डोनाल्ड ट्रम्पले अमेरिकाले आतंकवादविरुद्ध लडिरहेका सबै देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने बताएका थिए । उनले अमेरिकाको फ्लोरिडास्थित ओल्यान्डोमा भएको गोलीकाण्डमा आक्रमणकारीसहित ५० जनाको मृत्यु भएपछि ट्रम्पको यस्तो भनाई आएको हो ।
न्युहेम्पसायरमा ट्रम्पले अमेरिकी आप्रवासन प्रणालीको काम नभएको भन्दै यसैका कारण गोलाबारीमा संलग्न भएका आक्रमणकारीको परिवार अफगानिस्तानबाट अमेरिका आएको दावी गरेका थिए ।
ट्रम्पले मुस्लिमहरुविरुद्ध कडा कारबाही गर्न नसके पद छाड्न समेत ओबामालाई चेतावनी दिएका थिए । ओबामाले भने धार्मिक स्वतन्त्रता अमेरिकी संविधानको महत्वपूर्ण हिस्सा भएको भन्दै धर्मका आधारमा मानिसलाई तौलिनु संविधान विरुद्ध हुने बताएका छन् ।