CanadaKhabar.com

Sunday, February 23, 2025 -
  • क्यानडा आफ्नो राजदुताबास नेपालमा खोल्न इच्छुक

    काठमाडौँ ।   नेपालका लागि क्यानडा राजदूतावासका उपप्रमुख जेस डटोनले नेपालमा आफ्नो राजदूतावास खोल्न उत्साहित भएको बताउनुभएको छ ।

    नेपाल, क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घद्वारा आयोजित स्वागत कार्यक्रममा उहाँले आफ्नो देश नेपालको पर्यटन, जलविद्युत् र हवाई क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । नेपाल विश्वकै आकर्षक गन्तव्य रहेको उहाँको भनाइ छ ।

    OLYMPUS DIGITAL CAMERA

    सोही अवसरमा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल र क्यानडाको सम्बन्ध राज्यस्तरबाट जनस्तरमा पुुर्याउन आफू क्रियाशील रहेको बताउनुभयो ।

    सङ्घका सहअध्यक्ष प्रा डा प्रदीप खड्का, उपाध्यक्ष प्रा डा गोपाल पोखरेल, सचिव खड्क थापा, सीमाविद वुद्धिनारायाण श्रेष्ठलगायतले नेपाल र क्यानडाको सम्बन्ध तथा विकासका बारेमा चर्चा गर्नुभएको थियो । रासस