CanadaKhabar.com

Sunday, January 11, 2026 -

फेसबुकको दुरुपयोग गर्ने युवकलाई गतिलो जवाफ

samantha_mawdsleyकाठमाडौं । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरि युवतीहरुलाई नकारात्मक सन्देश पठाउने, ठगी गर्ने प्रवृत्ति तिव्र बन्दै गएको छ ।

यस्तै एक महिलालाई नचिनेको व्यक्तिले आफ्नो यौनांगको तस्वीर पठाएपछि महिलाले दिएको जवाफको अहिले समाजिक सञ्जालमा चर्चा पाएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले महिलाको बहादुरी र चोटिलो जवाफका लागि स्यावासी समेत दिएका छन् । बेलायतकी समान्ताले म्यान्चेस्टरमा एक रेस्टुराको फेसबुकमा पोस्ट गरिन् ।

त्यसपछि उनलाई एक अज्ञात मानिसले ‘अनलाईन म्यासेज चेक गर्न’ भन्दै कमेन्ट गरे । उनले आफ्नो इनबक्स चेक गर्दा उनले जेम्स नाम गरेका ती युवतीले आफ्लो लिंगको फोटो पठाएको पाइन् ।

समान्ताले बताएकी छन्, ‘पहिले त मैले सोचे कि यसलाई बेवास्ता गरौं, तर उनको यो हर्कत सबैले थाहा पाउन भनेर मैले जवाफ फर्काएकी हुँ ।’

जबाफमा उनले पनि लिंगका केही तस्वीरहरु पठाउन सुरु गरिन्, जसमा केही रंगीन र कार्टुन थिए । यस्ता म्यासेजबाट हैरानीमा परेका उनले यस्ता म्यासेज फर्काउन बन्द गर्न भने ।
उनले फेरि समन्तालाई म्यासेज पठाए, ‘मैले जे सन्देश पठाए कृपया यसलाई सार्वजनिक नगर्नुहोला ।’

उनले यस्ता अस्लील म्यासेज पठाउने जो कोहीसँग हरेक युवती पनि चुप लागेर नबस्न बताएकी छन् । समान्ताको जवाफ यस्तो छ । जसलाई केही सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर समेत गरेका छन् ।