एजेन्सी । गोली प्रहारबाट गम्भीर घाइते भएकी बेलायती सांसद जो कोक्सको मृत्यु भएको छ ।
उत्तरी इङल्याण्डको उनको चुनावी क्षेत्रमा एक बैठकका समयमा उनीमाथि आक्रमणकारीहरुले गोली चलाउनुका साथै चक्कु प्रहार गरेका थिए ।
सन् १९९० मा आइरिस रिपब्लिकनको आक्रमणमा इयन गोको मृत्यु भएपछि पहिलो पटक बेलायती सांसदको हत्या भएको हो ।
आक्रमणकारीलाई प्रहरीले पक्राउ गर्नुका साथै उनको घरबाट हतियार समेत बरामत गरिएको छ । छिमेकीहरुका अनुसार ५२ वर्षीय ती आक्रमणकारी अविवाहित थिए ।
बैठक चलिरहेका बेला बाहिर झगडा गरिरहेका दुई जनालाई सांसद कक्सले हस्तक्षेप गरेकी थिइन् । त्यसलगत्तै आक्रमणकारीहले फायरिङ गर्नुका साथै चक्कु प्रहार गरेका थिए ।
गत वर्ष भएको निर्वाचनमा विजयी भएकी उनका दुईजना बच्चाहरु समेत थिए । सांसदको मृत्युपछि युरोपेली संघको जनमत संग्रहको प्रचार अभियान स्थगित गरिएको छ ।