CanadaKhabar.com

Sunday, November 24, 2024 -
  • ‘मिसेस साउथ एसिया क्यानडा’ मा नेपाली अनुहार

    गोकर्ण लामिछाने
    ब्राम्टोन ,क्यानडा ।  झन्डै एक दशक देखी क्यानडा रहदै आएकी नेपाली चेली सारा मकुची ‘खनाल ‘ यतिबेला एक ‘ब्युटी प्रिजिएन्ट’ प्रतियोगिताको तयारीमा जुटिरहेकी छिन् । रागा मोडल एण्ड रागा प्रोडक्सनले गर्न लागेको  ‘मिसेस साउथ एसिया क्यानडा’ मा  सहभागी हुन लागेकी सारा यो प्रतियोगिता टाइटल जित्ने सपना सहित आफ्नो तयारीमा ब्यस्त छिन् ।shara micucci khanal (1)

    साउथ एसियाका महिला मात्रा सहभागी हुन पाउने यस प्रतियोगितामा नेपालीको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिती जनाउने छिन् । यो सौन्दर्य प्रतियोगिता भएपनी साउथ एसिएन कल्चर, सिग्निफिकेन्ट हेरिटेज लगायतका बिषयमा  समेत सहभागीहरुलाई प्रश्न सोधिने छ प्रतियोगीको क्षमता,आत्मविश्वास,ब्यक्तित्वका आधारमा बिजेता छानिने छ ।
    जुलाई २३ मा क्यानडाको ब्राम्टोनस्थित रोज थियटरमा हुने यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिती जनाउनु नेपाल र नेपालीको लागि गौरव बिषय बनेको छ । यो अबसरलाई सफलतामा बदल्दै प्रतियोगिता आफु बिजय हुने आशा सहित फाइनल चरणको तयारीमा जुटिरहेको सारा बताउछिन् ।

    shara micucci khanal (2)

    यस प्रतियोगितामा उत्कृष्ठ महत्वपूर्ण अवार्ड ‘पिपुल्स च्वाईस अवार्ड’ पनि राखिएको छ यो अवार्डमा जिताउनका लागि फेसबूक प्रयोगकर्ताले आफ्नो फेसबूकमा गई यो लिन्कमा  https://www.facebook.com/Shara-Micucci-For-Mrs-South-Asia-Canada-2016-786830254781592/?fref=photo  लाइक गरी सहयोग पुर्याउन साराले आग्रह गरेकी छिन् ।

    १० बर्ष अगाडी पढाईको शिलशिलामा क्यानडा आएकी सारा  एक सफल ब्यिटिसियन ब्यबसायी पनि हुन् उनको क्यानडामा आफ्नै ब्यवसाय छ ।