CanadaKhabar.com

Wednesday, February 25, 2026 -

अमेरिकाको म्यारिल्याण्डमा लाइसेन्स लिन नेपाली भाषामा जाँच दिन पाईने

विजय थापा

वाशिंगटन डिसी । अमेरिकामा नेपाली समुदायको जनघनत्व बिज गणतीय रुपमा वृद्धि हुदै गरेको अवस्थाको कारण नेपाली समुदायले एक पछि अर्को फाईदा लिन थालेका छन्  ।  अमेरिका सरकारले नेपाली समुदायका मांग तथा समस्यालाई मध्ये नजर गर्दै सम्बोधन समेत गर्न थालेको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको म्यारिल्याण्ड शाखाको बिशेष पहलमा सवारी चालक अनुमतिपत्र प्राप्त गर्न नेपालीहरुले नेपाली भाषामा जाँच दिन पाउने भएका छन् ।exam

म्यारिल्याण्ड राज्यको सवारी साधन प्रसाशन (मोटर भेहिकल एडमिनिस्ट्रेसन) मा लिखित परीक्षाको जाँच नेपाली भाषामा दिन पाइनुको साथै निर्देशन पुस्तिका समेत नेपाली भाषामा उपलब्ध हुने भएको छ ।

एनआरएन म्यारिल्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेलले आगामी अक्टोबर ३ तारिख ,सोमबार देखि उक्त परीक्षा नेपालीमा दिन पाइने भएको बताए ।

झन्डै डेड बर्ष देखि अध्यक्ष रहेका पोखरेलले अध्यक्ष भए पछि नगर भवन बैठकमा ३ वटा प्रतिबद्धता जाहेर गरेका थिए l पहिलो सवारी चालक अनुमतिपत्र लिन नेपाली भाषामा जाँच दिन पाईने व्यवस्थाको पहल गर्ने , दोश्रो नेपाली भाषीको जनसंख्या म्यारिल्याण्ड राज्यमा कति प्रतिशत भनि सर्वेक्षण गर्ने र तेश्रो सामुदायिक भवन निर्माण गर्ने प्रतिबद्धता सहित सार्बजनिक रुपमा घोषणा गरेका थिए  ।

यस व्यवस्थाबाट नेपाली भाषि भूटानी ,दार्जिलिंग ,म्यानमार तथा आसामी नेपालीहरुले समेत सबैले फाइदा लिन सक्ने अध्यक्ष पोखरेलले बताए ।

युएस जनगणना बाट प्राप्त भएको तथ्याङक अनुसार म्यारिल्याण्ड राज्यमा नेपाली भाषीको जनसंख्या प्रतिशतको आधारमा जम्मा .(सुन्य दसमलव दुई ) ०.२% रहेको र सालाखाला १३ हजार नेपाली बसोबास गर्ने पाईएको सर्वेक्षणले देखाएको पोखरेलले बताए ।

सम्भवत अमेरिकामा यसरि नेपाली भाषामा सवारी चालक अनुमतिपत्र लिन नेपाली भाषा मै दिन पाइने यो पहिलो राज्य बन्न पुगेको छ ।

नेपाल स्याङ्गजा घर भै झन्डै एक दशक देखि अमेरिकाको म्यारिल्याण्डमा बस्दै आएका समाज सेवी जेदु पोखरेलले यस अघि एनआरएन म्यारिल्याण्डको तर्फबाट निकै महत्वाकांक्षी कार्यक्रमहरु सम्पन्न गरि सकेका छन् ।