CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • द्वन्द्वग्रस्त सिरियामा महिलाको अवस्था भयावह, विवाह गर्न पुरुष पाइन छाडे

    syria-1एजेन्सी । एकै समयमा तीन तीन प्रकारका युद्ध झेलिरहेको सिरिया बर्बादीको दिशातिर गइरहेको छ ।

    युद्धका कारण करिब २ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् भने लाखौ विस्थापित बनेका छन् । यसको असर देशमा युवाहरुको संख्यामा परिरहेको छ ।

    देशमा युवाहरुको संख्या अत्याधिक रुपमा घटिरहेको छ भने एकल महिलाको संख्यामा बढोत्तरी भएको छ । युद्धका कारण अवस्था यहाँसम्म पुगेको छ कि त्यहाँका महिलाहरुलाई समलैगिक यौनसम्बन्ध राख्न समेत छुट दिइएको छ ।

    युद्धग्रस्त सिरियामा धेरै युवाहरुले देश छाडेका छन् भने केही जेलमा सजाय काटिरहेका छन् अनी कतिपय युवा सेनामा भर्ती भएर देशको सुरक्षाको जिम्माम सम्हालिरहेका छन् ।

    जसका कारण एकल महिला र विधवाको संख्या बढेको छ । हालै भएको एक सर्वेक्षणका अनुसार ७० प्रतिशत महिलाहरु अविवाहित रहेका छन् ।

    अवस्था यहाँसम्म पुगेको छ की महिलाहरु आफूभन्दा दोब्बर उमेरका पुरुषहरुसँग शारीरिक सम्बन्ध राख्न र घरजम गर्न बाध्य बनेका छन् ।

    सर्भेक्षणअनुसार सन् १९८० देखि १९९० दशकमा जन्मिएका पुरुषहरुको एक पुस्ता लगभग समाप्तीको दिशामा अघि बढेको छ ।