CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • बेलायत ईयुबाट बाहिरिने, क्यामरुनद्वारा राजिनामाको घोषणा

    Leave EUकाठमाडौं । ब्रिटेन युरोपीय युनियन (ईयू) बाट बाहिरिने पक्का भएको छ ।

    ईयूमा रहने कि अलग हुने भन्नेबारे बेलायतमा बिहीबार जनमत संग्रह भएको थियो । अन्तिम चरणमा पुगेको मतगणनामा इयू छाड्ने पक्षमा ५२ प्रतिशत मत खसेको छ ।

    पूर्वोत्तर इंग्ल्याण्ड, वेल्स र मिडल्याड्सका अधिकांश मतदाताले युरोपीय संघबाट अलग हुने पक्षमा मत दिएका छन् । लण्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका अधिकांश मतदाता भने ईयूमा रहने पक्षमा देखिएका छन् ।

    ईयू छाड्नु पर्ने पक्षमा १ करोड ७४ लाख १० हजारबढी मत परेको छ भने ईयूमा रहनु पर्ने १ करोड ६१ लाख ४१ हजार मत परेको छ ।

    सबै २८२ मतगणना केन्द्रको नजिता प्रमाणित भएपछि म्यानचेष्टरको सिटी हलबाट चुनावी परिणाम घोषणा हुनेछ ।

    यसैबीच, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आगामी तीन महिनाभित्र पदत्याग गर्ने घोषणा गरेका छन् ।

    बेलायत युरोपेली संघमा रहने वा नरहने भन्ने विषयमा भएको जनमत संग्रहमा ईयु छाड्ने पक्षमा ५२ प्रतिशत मत खसेपछि उनले राजिनामा दिने घोषणा गरेका हुन् ।

    पूर्वोत्तर इङल्याण्ड, वेल्स र मिडल्याड्समा अधिक मतदाताहरु युरोपेली संघबाट अलग हुने पक्षमा देखिएका थिए भने लण्डन, स्कटल्याण्ड र नर्दन आयरल्याण्डका जनता युरोपेली युनियनको पक्षमा देखिएका छन् ।

    ईयु छाड्ने पक्षमा जनमत संग्रहको परिणाम गएलगत्तै सन् २००८ को आर्थिक संकटपछि पाउण्डको मूल्य सबैभन्दा कमजोर बनेको छ ।