CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • बन्ने भयो चलचित्र ‘बृन्द्रावन’

    रुद्राक्ष फिल्मसको व्यानरमा  पहिलो पटक निमार्ण गरिएको  चलचित्र ‘बृन्द्रावन’ यही  भाद्र १७ गते देखि प्रदर्शनको लागि तयार रहेको जानकारी स्वरुप फस्टलुक पोस्टर ,audio jukebox साथसाथै ताला चाबी बोलको गीतको भिडियो  पनि सार्बजनिक गरिएको छ। यही हप्ता सार्बजनिक गरिएको उक्त भिडियोमा शिल्पा पोखरेल र दीपेन्द्र प्रकाश के सी को नृत्य देख्न सकिन्छ।

    किशोर खतिवडा ,शिल्पा पोख्ररेल र दीपेन्द्र प्रकाश के सी को  मुख्य अभिनय रहेको चलचित्र विशुद्ध प्रेमकथा र एक्शन झर्रामा निमार्ण गरिएको निर्देशक राजबहादुर सानेले जानकारी दिए। brindaaban

    रुद्र खनाल निर्माता तथा कमल जी. सी. सह-निर्माता   रहेको चलचित्र  बृन्द्रावनको
    निर्देशन भने  राजबहादुर सानेले गरेका हुन। उनको भनाई अनुसार आफ्नो चलचित्र विशुद्ध मनोरञ्जनको लागि निमार्ण गरीएकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन ।  चलचित्र  बृन्द्रावनको  अवको केहि दिनमा टेलर सावर्जनिक गरीने भएको छ ।

    यति वेला चलचित्र वृन्द्रावको धमाधम पोष्ट प्रोड्क्सनको काम अन्तिम चरणमा चलिरहेको निर्देशक राजबहादुर सानेले जानकारी दिनुभयको छ।
    चलचित्रको गीत सुन्नको लागी तलको लिंक मा क्लिक गर्नुहोस्