CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • यी हुन् बेलायत युरोपेली संघबाट बाहिरिनुका ८ कारण

    brexit-voteकाठमाडौं । बेलायत ४३ वर्षपछि युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिने प्रक्रिया सुरु भएको छ । बिहीबार भएको जनमत संग्रहमा ईयुबाट बाहिरिने पक्षमा ५१.९ प्रतिशत र सँगै रहने पक्षमा ४८.१ प्रतिशत मत खसेको छ । बेलायत युरोपेली संघबाट बाहिरिनुका ८ कारणहरु यसप्रकार रहेका छन् ।

    १.आर्थिक चेतावनीबाट चिढिए जनता

    युरोपेली संघबाट अलग हुने विषयलाई लिएर आर्थिक चेतावनी विस्तारै विस्तारै सुरु भयो तर यो चेतावनीको बाढी नै आयो । मानिसहरुलाई ईयुमा नै रहेमा फाइदा हुने बताए । आईएमएफ, ओईसीडी, बिजनेश प्रमोशनसँग जोडिएको सीबीआई जस्ता ठूला वित्तीय संस्थाले आर्थिक अवस्था खराब हुने, बेरोजगारी बढ्ने र बेलायत नै बाट अलग भएमा अलग हुने अवस्था आउने चेतावनी दिए । यहाँ सम्मकी अमेरिकी राष्ट्रपति बाराक ओबामा र बेलायती वित्त मन्त्रालयले सम्म ईयुबाट अलग हुने फाइदाजनक नहुने बताए । ईयुमा नै रहनुपर्छ भन्नेहरुले पनि यो चेतावनी आवश्यकता भन्दा बढी भएको महसुस गरे । यसै कारण जनताहरु चिढिन पुगे र यसविरुद्ध एक क्रान्तिको रुपमा लिए । जसले ईयुमा नै रहनुपर्ने बताउँदै आए उनीहरु व्यक्तिगत स्वार्थमा जोडिएको माने । त्यसका कारण नतिजा ईयुबाट बाहिरिने पक्षमा आयो ।

    २. राष्ट्रिय स्वास्थ्य योजनाको ३५० मिलियन पाउण्ड

    ईयुबाट बाहिरिने पक्षमा रहेकाहरुलाई बेलायत ईयुबाट बाहिरिएमा बेलायतलाई हरेक साता राष्ट्रिय स्वास्थ्य योजनाका लागि ३५० मिलियन पाउण्ड प्रयोग गर्न सक्ने एउटा मजबुत नारा मिल्यो । हालै भएको एक परीक्षणका क्रममा यो आँकडा सही नभएको पुष्टि भइसकेको छ । यो एक जबर्जस्त राजनीतिक नारामात्रै थियो र मानिसहरु यससँग जोडिएका थिए ।

    ३. आप्रवासीहरुको नारा नाइजलले जोडतोडले उठाउनु

    युके इण्डिपेन्डेन्ट्स पार्टीका अध्यक्ष नाइजल फारेजले आपप्रवासीहरुको मुद्दालाई जोड दिएर उठाइरहेका थिए । यो मुद्दा अन्त्यमा आएर बेलायतको संस्कृति, पहिचान र राष्ट्रियतासँग जोडिन पुग्यो । परिणममत पछिल्ला दश वर्षमा विभिन्न देशबाट बेलायतमा आई बसोबास गर्नेहरुको संख्याका कारण स्थानीय मानिसहरु खुसी थिएनन् । सम्भवतः उनीहरुले आगामी २० वर्षमा बढ्ने आप्रवासीहरुको प्रभावका बारेमा सोचे र अलग हुने निर्णयमा नै भलो देखे ।

    ४.जनताले प्रधानमन्त्रीको आह्वानलाई नसुन्नु

    प्रधानमन्त्री डेभिड क्यामरुनले पछिल्ला केही वर्षमा केही पटक जितिसके अलग अलग मुद्दामा । चाहे सन् २०१० मा गठबन्धन बनाउने कुरामा होस वा आम चुनाव । तर पछिल्लो केही वर्षमा भएको दोस्रो जनमत संग्रहमा भने उनको पराजय भयो । ईयुमा नै रहने पक्षमा चलाइएको अभियानको उनी प्रमुख व्यक्ति पनि थिए उनीहरुले प्रधानमन्त्रीमाथि पूर्ण रुपमा विश्वास सँग दाँजेका थिए । उनको यो भनाईको अर्थ उनले आफ्नो राजनीतिक करियरलाई नै दाउमा राखेका थिए । यसैका कारण उनी राजिनामा दिने तहसम्म पुग्नुपरेको हो ।

    ५.लेबर पार्टीका मतदातालाई जोड्न नसक्नु

    ईयुमा नै रहने अभियानमा सधैं लेबर पार्टीका मतदाताहरुलाई पनि साथ लिनु आवश्यक थियो । तर उनीहरु लामो समयसम्मको प्रयासमा सफल हुन सकेनन् । लेबर पार्टीका नेताहरुले पनि आफ्ना मतदाताहरुको भावलाई राम्रोसँग बुझ्न सकेनन् । जुन समयमा उनीहरुले यस मुद्दालाई राम्रो सँग बुझे त्यसबेला ढिला भइसकेको थियो ।

    ६.बोरिस जोनसन र माइक गोभजस्ता नेताको समर्थन

    यस्तो अधिकतम हुने गर्छ कि कुनै ठूलो मुद्दामा कोही ठूला नेताले समर्थन । यहाँ यस्तै भयो बोरिस जोनसन र माइकल गोभजस्ता नेताहरुले ईयुबाट बाहिरिने मुद्दामा समर्थन जनाए र यसलाई अझै ठूलो बनाए । जोनसनले मतदाताहरुसँग अलग हुने अपिललाई लिएर पुरै बेलायतमा बसमा यात्रा गरे भने गोभले ईयुबाट अलग भएपनि बेलायतको एजेण्डा के हुने ? यस बारेमा मस्यौदा बनाउँन समय खर्च गरे ।

    ७. जेष्ठ मतदाताको एक साथ भोटिङ

    मतदाता कसरी भए, युवा र महिलाहरुले कसरी भोट खसाले ? यस विषयमा विज्ञहरुले अझै चर्चा गरिरहेका छन् तर जेष्ठ नागरिकहरुले एकसाथ उत्साहका सहित मतदानमा भाग लिए । अन्ततः यही भोट नै निर्णायक सावित बन्यो । सन् २०१५ को निर्वाचनमा ६८ वर्षभन्दा बढी उमेरका ७८ प्रतिशत मतदाताहरुले भोट खसालेका थिए ।

    ८.युरोप सधै दोस्रो ग्रह जस्तो बन्नु

    बेलायत र युरोपको सम्बनध कहिल्यै पनि राम्रो र सामान्य रुपमा रहनै सकेन । युरोेपेली समुदायसँग जोडिन बेलायतलाई लामो समय लाग्यो । १९७५ मा ईयु प्रवेशका लागि भएको जनमत संग्रहमा पनि बेलायती जनताहरु पूर्ण रुपमा सन्तुष्ट देखिएका थिएनन् । हाल आएर पनि ठूलो संख्यामा बेलायतीहरु इयुको पक्षमा नदेखिएको परिणाम आइसकेको छ ।