CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • को हुन बेलायतलाई ईयुबाट अलग गराउने नाइजेल ?

    UKVOTE_Pकाठमाडौं । बेलायतलाई युरोपेली संघबाट अलग गराउने अभियानमा लागेका नेता नाइजेल फारेज सन् २०१० मा भएको एक विमान दुर्घटनामा मुस्किलले बँचेका थिए ।

    दुर्घटनाको बारेमा छानविनपछि चुनाव प्रचार प्रसारका क्रममा नाइजेल फारेज चढेको विमानको पखेटामा ब्यानर बेरिएर दुर्घटनामा परेको पत्ता लागेको थियो । त्यसको ठीक ६ वर्षपछि अहिले फेरि बेलायतमा त्यही युइप पार्टीको ब्यानर फराउन पुगेको छ ।

    उनी १९९२ सम्म कन्जरभेटिभ पार्टीकै नेता थिए तर पार्टीमा तिव्र मतभेदपछि उनी बेलायतलाई युरोपेली संघबाट मुक्त गराउने अभियानमा लागेका थिए । पछिल्लो ६ वर्षदेखि उनी युके इण्डिपेन्डेन्टस पार्टी (युइप) का अध्यक्ष छन् ।

    सन् १९९९ मा पहिलो पटक युरोपेली संसदको सदस्य बनेका उनले अहिलेसम्म पनि इङल्याण्डका दक्षिणी क्षेत्रबाट चुनाव जितिरहेका छन् । सबैभन्दा रमाइलो कुरा त के छ भने पछिल्ला १७ वर्ष उनी जुन सदनका सदस्य छन त्यसको लगातार विरोध गरिरहेका थिए ।

    उनले प्रधानमन्त्री क्यामरुनमाथि जनमत संग्रह गराउँन लामो समयदेखि दबाब दिँदै आएका थिए । सन् २०१४ मा टाइम्स समाचारपत्रले उनलाई बेलायतका प्रभावशाली नेताको सूचीमा राखेको थियो । एजेन्सीको सहयोगमा