CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • स्थानीय निकायको निर्वाचन तयारीको कामसुरु

    शोभाखर पन्थी
    अर्घाखाँची
    स्थानीय निकायको निर्वाचनबारे चर्चा परिचर्चा सुरु भएकै समयमा निर्वाचन आयोगले अर्घाखाँचीमा निर्वाचन शिक्षा कार्यक्रम सुरु गरेको छ ।
    आयोगले सयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम निर्वाचन साहायता परियोजनाको सहयोग र जिल्ला निर्वाचन कार्यालयको संयोजनमा जिल्लाका माध्यमिक तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरुका लागी २ दिने निर्वाचन शिक्षा संम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

    निर्वाचन शिक्षा कार्यक्रममा नमुना मतदान गर्दै सहभागी र प्रशिक्षकहरु तस्वीर : शोभाखर पन्थी निर्वाचन शिक्षा कार्यक्रममा नमुना मतदान गर्दै सहभागी र प्रशिक्षकहरु तस्वीर : शोभाखर पन्थी

    शिक्षक मार्फत विद्यार्थी,अभिभावक र स्थानीय बासिन्दाहरुमा निर्वाचन बारे सचेतना अभिबृद्धि गर्ने उदेश्यले संचालित कार्यक्रममा जिल्लाका ८० जना शिक्षकहरुको सहभागीता रहेको थियो । प्रशिक्षणमा संविधान, लोकतन्त्र, निर्वाचन, निर्वाचन प्रणाली, निर्वाचन चक्र, निर्वाचन प्रक्रिया, निर्वाचन व्यवस्थापन गर्ने निकाय तथा सम्बद्ध कानूनहरु, निर्वाचनका सरोकारवालाहरु, नागरिक कर्तव्य र अधिकार, निर्वाचनमा शिक्षकको भूमिका लगायतका विषयमा छलफल गरिएको थियो ।
    प्रशिक्षणले आफूहरुको आँखा खोलिदिएको सहभागीहरुको भनाई छ । संविधान, लोकतन्त्र र निर्वाचन बारे जानकारी भएपनि प्रशिक्षण बाट विषयवस्तु को गहिराईमा पुगेका कारण आफूहरुमा उच्च मनोवल बढेको नुवाकोट मा.वि. चिदिचौरका शिक्षक टिका के.सी. प्रथमले बताउनु भयो । आफू विद्यालयमा फर्केपछि विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दालाई सचेतना अभिवृद्धि गर्ने उहाँको भनाई छ । निर्वाचनमा महिला र छात्राहरुको थप सहभागिताका निम्ति सचेतना अभिवृद्धि गर्न प्रशिक्षणले निकै ठूलो सहयोग पु¥याको सरस्वती मा.वि. सितापुरकी शिक्षिका कल्पना गौतमको भनाई छ । आफूले धेरै किसिमका तालिम प्राप्त गरेपनि यस पटकको निर्वाचन शिक्षा सम्बन्धि प्रशिक्षण बाट निक्कै उत्साही भएको उहाँको भनाई थियो ।
    कार्यक्रमका सहभागीहरुले नमुना मतदान समेत गरेका थिए । सहभागीहरुको बीच मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मिको खटनपटन सहित लाईनबद्ध भएर मतदान गरेको दृश्य साँच्चै हेर्न लायक थियो ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएको वताउनु भयो । प्रजातन्त्रमा जनप्रतिनिधि चुन्ने अधिकार जनतालाई नै हुने बताउँदै उहाँले निर्वाचन बारे स्थानीय बासिन्दालाई सुसुचित गरी योग्य र सक्षम प्रतिनिधि चयन गर्ने वातावरण सिर्जना गर्नु पर्र्ने बताउनु भयो ।
    स्थानिय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले निर्वाचन प्रति सवैको ध्यानजानु पर्नेमा जोड दिंदै विद्यार्थी र भभिभावक मार्फत आफ्नो सेवाक्षेत्रका वासिन्दाहरुलाई सचेत पार्न शिक्षकहरुलाई आग्रह गर्नु भयो । जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले सामाजिक अगुवाका रुपमा स्थापित शिक्षकले सरकार द्वारा संचालित सवै किसिमका कार्यक्रमको प्रभावकारीका रुपमा सफलताको निम्ति योगदान पु¥याउँदै आएको बताउँदै निर्वाचन शिक्षालाई अभियानका रुपमा लिएर अँगाडी बढ्न शिक्षकहरुलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी महेश पाण्डे, ना.सु. जिवलाल भुसाल, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतका वक्ताहरुले मन्तव्य राख्दै निर्वाचनको आवश्यकता र महत्वमाथी जोडदिनु भएको थियो ।