CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • काबुल घटनाबारे नेपाल सरकार र क्यानडा सरकारबिच छलफल हुने

    गोकर्ण लामिछाने
    २५ जुन , टोरोन्टो । अफगानिस्तानको काबुलमा १३ नेपालीको ज्यानै जाने गरी भएको हत्याकाण्डको बिषयलाई लिएर नेपाल सरकार र क्यानडा सरकारबिच छलफल अगाडी बड्ने औपचारिक निर्णय भएको छ ।

    नेपालमा क्यानडाको राजदुताबास नभएकाले भारतको दिल्ली स्थित क्यानेडियन दुताबास र क्यानडास्थीत नेपाली दुताबास मार्फत  क्यानडा सरकारसंग घटनाको बिषयमा आफ्ना चासोहरु राख्ने नेपाल सरकारको तयारी छ । क्यानडा सरकारसंग आफ्ना बिषय लैजान विशेष अधिकारीहरुको  टोलीनै बनाउने तयारीमा छ सरकार  ।

    Afghan security forces inspect the damage of a minibus that was hit by a suicide attacker at the site of the incident in Kabul, Afghanistan on Monday, June 20, 2016. Photo: Reuters

    गत सोमबार काबुलमा भएको तालीवानी आक्रमणमा १३ नेपाली सुरक्षागार्डको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् । घटनामा मारिएका नेपालीहरु बेलायती सुरक्षा कम्पनीमार्फत अफगानिस्तान गएका थिए । अफगानिस्तान स्थित क्यानडा दुताबासमा सुरक्षाकर्मीका रुपमा कार्यरत नेपालीहरु ड्युुटीमा जाने क्रममा बाटोमै आतंकबादी समुहको आक्रमणमा  परेका हुन् ।dead-bodies-from-Kabul-07

    परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बीबीसी नेपाली सेवासँगको कुराकानीमा काबुल घटनाबारे क्यानडा सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको बताएका थिए  । नेपाल सरकारको चासो घटना कुन परिस्थितिमा भयो ? पीडित पक्षको क्षतिपूर्ति र नेपाली सुरक्षाकर्मीहरुको सुरक्षामा ध्यान पुग्यो कि पुगेन भन्ने रहेको उनको भनाई छ ।‘उद्धारको काम सकिएपछि काबुल घटना कुन अवस्थामा भएको हो, यसबारे क्यानडा सरकारको धारणा के छ भन्ने चासो छ, प्रवक्ता पौडेलले भने, ‘मृतक र घाइते प्रति कस्तो दृष्टिकोण लिइरहेको छ भनेर बुझ्ने काम गरेका छौं ।’

    घटनाको बिषयमा क्यानडा सरकारका प्रतिनिधिहरु बिच छलफल भईरहेको क्यानडाका लागि नेपालका राजदुत कालिप्रसाद पोखरेलले बताए । काबुलको दु:खद घटना प्रती क्यानडा सरकार समक्ष  नेपालको चासोहरुका बिषयमा कुराकानी भएको उनले जानकारी दिए  ।