CanadaKhabar.com

Tuesday, May 7, 2024 -
  • एएनए सम्मेलनमा इमिग्रेसन कानुन बारे छलफल हुँदै

    एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को आउँदो साता अमेरिकी राज्य जर्जियाको एटलान्टामा हुन लागेको सम्मेलनमा नेपालीहरुको निम्ति सर्वाधिका चासोको क्षेत्र ‘इमिग्रेसन’ (अध्यागमन) को विषयमा पनि छलफल हुने भएको छ ।

    जुलाई २ तारिक शनिबार साँझ हुने उक्त छलफलमा न्यूयोर्कका चर्चित कानुन व्यबसायी बासु फुलाराले सहजकर्ताको भूमिका निर्वाह गर्नुहुने भएको छ । ‘मलाई साथीहरुले इमिग्रेसनका विषयमा छलफल गर्न भनेर शनिबार साँझ ५ देखि ६ बजेसम्मको समय दिनुभएको छ,’ फुलाराले हिमालय खबरसँग भने ।

    उक्त शत्रमा अहिलेको अध्यागमन कानुनको अवस्थादेखि लिएर टिपिएसको नवीकरण, ग्रीनकार्ड, आप्रवासी भिसा, असाइलम, एफ–१, अदालतमा विचाराधिन मुद्धादेखि लिएर हालै अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको राष्ट्रपति बाराक ओबामाको अध्यागमन सुधार संबन्धि विषयमा समेत छलफल हुनेछ । basu and mitra

    त्यस्तै पारिवारिक भिसाका संबन्धमा पनि उक्त शत्रमा छलफल हुनेछ । ‘नेपालीहरुले अध्यागमन संबन्धि विषयमा निकैनै बुझ्न चाहेकाले आयोजकहरुले मलाई समय दिनुभएको छ, मैले त्यो समयभित्र रहेर अहिलेसम्मको इमिग्रेसनको अवस्थाका बारेमा बोल्नेछु,’ उनले भने ।

    भुकम्पपछि अमेरिकी सरकारले नेपाललाई उपलव्ध गराएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस)को अवधि आउँदो डिसेम्बरपछि समाप्त हुँदैछ । नवीकरण गर्ने संभावना ज्यादा भएकोले त्यसका लागि गर्नुपर्ने प्रकृयाका विषयमा वृस्तृत रुपमा छलफल हुनेछ ।

    यो छलफलमा अमेरिकामा बिजनेसको माध्यमबाट प्राप्त गर्न सकिने ग्रीनकार्डका विषयमा पनि वृस्तृत रुपमा जानकारी दिइनेछ । नेपालीले अमेरिकामा ग्रीनकार्ड पाउनसक्ने आधारहरु धेरै भएपनि धेरैलाई डिभी लोटरीका बारेमा मात्र जानकारी छ । अमेरिकामा आएर अध्ययनपछि प्राप्त गर्न सकिने ग्रीनकार्डदेखि लिएर ‘एक्स्ट्रा अर्डिनरी’, ‘असाइलम’ देखि लिएर ग्रीनकार्ड प्राप्तीका बिभिन्न माध्यमका बारेमा यो शत्रमा छलफल हुनेछ ।

    छलफलपछि इच्छुक हरेक व्यक्तिलाई समय दिएर निशुल्क रुपमा उनीहरुको समस्या बुझ्ने काम पनि आफुले एटलान्टामा गर्न लागेको फुलाराले  बताए । जुलाई १ देखि ३ सम्म हुन लागेको यो सम्मेलनमा नेपालदेखि लिएर अमेरिकामा रहेका नेपालीहरुले बिभिन्न विषयमा कार्यपत्रहरु पेश गर्नेछन् ।

    अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्थाहरुमध्यमा पर्ने एएनएको सम्मेलनको क्रममा झण्डै एक दर्जन विषयमा छलफल कार्यक्रम राखिएका छन् ।

    कार्यक्रममा क्यानडाको अध्यगमन तथा भिसा प्रकृया सम्बधी अन्तर्कृयामा  अनलिमिटेड इन्टरनेशनल क्यानडाका सीइओ मित्र काफ्लेले पनि आफ्नो धारणाहरु राख्नेछन् । उक्त सेसन सहभागीहरुसंग क्यानडाको भिसा निती र नेपालीहरुलाई सम्भावना,चुनौतीका बिषयमा समेत छलफल हुनेछ ।

    स्रोत : हिमालयनखबर