CanadaKhabar.com

Tuesday, May 7, 2024 -
  • मड्रिडमा आइफा अवार्ड घोषणा, को–को उत्कृष्ठ ?

    ranveer_singh_deepika_padukoneमड्रिड/एजेन्सी । स्पेनको मड्रिडमा भएको आइफा अवार्ड समारोहमा सञ्जय लीला भन्सालीको फिल्म ‘बाजिराब मस्तानी’ ले बर्चश्व कायम गरेको छ ।

    बाजिराव मस्तानीले सबै गरेर एक दर्जन अवार्ड जितेको छ । सर्वश्रेष्ठ अभिनेताको अवार्ड ‘बाजिराव मस्तानी’ मस्तानीका लागि रणवीर कपुरले जितेका छन् भने उत्कृष्ठ अभिनेत्रीको उपाधी ‘पीकु’ कि नायिका दीपिका पादुकोणले जितेकी छन् ।

    अवार्ड समारोहमा दीपिका पादुकोण, प्रियंका चोपडा र टाइगर श्राफलगायतले आफ्नो प्रस्तुति समेत प्रस्तुत गरेका थिए । यसैगरी नायिका सोनाक्षी सिन्हाले ८०–९० को दशकी चर्चित गायिका श्रीदेवीको गीतमा आफ्नो प्रस्तुति दिएकी थिइन् ।

    अवार्ड जित्ने अनुहारहरु यस्ता छन् ।
    उत्कृष्ठ अभिनेता : रणवीर कपुर (बाजिराव मस्तानी)
    उत्कृष्ठ अभिनेत्री : दीपिका पादुकोण (पीकु)
    उत्कृष्ठ निर्देशक : सञ्जय लीला भन्साली (बाजिराव मस्तानी)
    उत्कृष्ठ फिल्म : बजरंगी भाईजान
    उत्कृष्ठ सपोर्टिङ नायक : अनिल कपुर (दिल धड्कने दो)
    उत्कृष्ठ सपोर्टिङ नायिका : प्रियंका चोपडा (बाजिराव मस्तानी)
    उत्कृष्ठ कथा : जुही चर्तुवेदी (पीकु)
    उत्कृष्ठ नायक (हास्य विधा) : दीपक डोबरियाल (तनु वेड्स मनु रिटन्र्स)
    उत्कृष्ठ प्लेब्याक सिंगर (महिला) : मोनाली ठाकुर (मोह मोह के धागे, दम लगाके हईसा)
    उत्कृष्ठ प्लेब्याक सिंगर (पुरुष) : पपुन (मोह मोह के धागे)
    उत्कृष्ठ कलाकार (डेब्यु मेल) : विकी कौशल (मसान)
    उत्कृष्ठ कलाकार (डेब्यु फिमेल) : भूमी पेन्डनेकर (दम लगा के हईशा)
    वुमन अफ दि इयर : प्रियंका चोपडा

    deepika_padukone

    priyanka_chopra

    sonakshi_sinha