CanadaKhabar.com

Tuesday, May 7, 2024 -
  • टर्कीको विमानस्थलमा आत्मघाती आक्रमण, मृत्‍यु हुनेको संख्या ३६ पुग्यो

    टर्कीको इस्तानबुलको आटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंकवादी हमलामा कम्तिमा ३६ जनाको मृत्यु भएको छ भने ९० जनाभन्दा बढी घाइते भएका छन् ।
    istanbul-airport-7

    बिबिसीका अनुसार घटनामा तीन जना आतंकवादी संलग्न थिए । एक ४७ जस्ता स्वचालित हतियार लिएर विमानस्थलमा प्रवेश गरेका उनीहरुले अन्धधुन्द गोली प्रहार गरेका थिए । पछि प्रहरीले जवाफी कारवाही शुरु गरेपछि उनीहरुले शरीरमा भिरेको बम आत्मघाती विस्फोट गराएका थिए ।
    हमालाकारीले अन्तराष्ट्रिय टर्मिनल नजिक विस्फोट गराएका थिए । आत्घाती आक्रमण सहित कालशनिकोव राइफबाट गोली चलाइएको थियो ।Turkey-Attack-10
    टर्कीका प्रधानमन्त्री बिनाली यिल्डिरिमले यो घटना इस्लाम स्टेटका कट्टरपन्थीहरुले घटाएको हुन सक्ने बताएका छन् । आटाटुर्क विमानस्थललाई लामो समयदेखि आतंकवादी हमला हुने सम्भावित स्थानको सूचीमा राखेको थियो ।

    टर्कीका राष्ट्रपति रेकेप टायिप एरडोगानले यस्तो घटना जहाँ पनि हुने सक्ने बताउँदै यो आतंकवादबिरुद्धको लडाइँमा नयाँ मोड भएको टिप्पणी गरे ।
    turkey_istanbul_blast_
    अमेरिकाले यो आक्रमणलाई ‘जघन्य’ बताउँदै टर्कीलाई सबैप्रकारको सहयोग उपलब्ध गराउने बताएको छ ।

    एक सिसी टिभी फुटेजमा प्रहरीले एक आतंकवादीलाई गोली हानेको र पछि ती आतंकवादीले आत्मघाती विस्फोट गराएको देख्न सकिन्छ ।
    Turkey-Attack-8

    Turkey-Attack-16