CanadaKhabar.com

Tuesday, May 7, 2024 -
  • बिकेन संसारकै ठूलो र पुरानो हीरा

    एजेन्सी । संसारकै सबैभन्दा ठूलो र पूरानो हीराको लण्डनमा एक लिलामीका क्रममा कुनै ग्राहक भेटिएन । १, १०९ क्यारेटको यो हीराको आकार टेनिसको बल बराबर रहेको छ ।

    यो हीरा करिब २.५ अरब वर्ष पुरानो मानिन्छ । ‘लेजेडी ला रोना’ नामको यस हीराको लिलामीका लागि ७ करोड डलर न्युनतम मूल्य तोकिएको छ । तर कसैले पनि ६ करोड १० लाख भन्दा माथि बोलेन ।largest_uncut_diamond_getty

    त्यसपछि यसको लिलामी प्रक्रिया रोकिएको हो । गत वर्षको नोभेम्बरमा बोत्सवानाको एक खानीमा भेटिएको यो हीरा सबैभन्दा गुणस्तरीय मानिन्छ ।

    बोत्सवानाको स्थानीय भाषामा ‘लेजेडी ला रोना’ को अर्थ ‘हाम्रो प्रकाश’ भन्ने हुन्छ । यो हीरा बिकेमा बोत्सवाना सरकारले ६० प्रतिशत रकम पाउनेछ ।

    जेमेलोजिकल इन्स्टीट्युट अफ अमेरिकाको अध्यनअनुसार यो हीरा रंग र पारदर्शिताका आधारमा आईआईए श्रेणीमा पर्छ । यस श्रेणीको हीरा रासायनिक हिसाबले शुद्ध र प्रकाशका लागि सबैभन्दा पारदर्शी मानिन्छ ।160629193843_british_queen_image_copyrightalastair_grantgetty

    यस प्रकारको हिरा सन् १९०५ मा दक्षिण अफ्रिकामा भेटिएको थियो र बेलायतका किंग एडवर्ड (सातौं) लाई दिइएको थियो । ३,१०६ क्यारेटको कालिनन् हीराको ९ टुक्रा बनाइएको छ जो बेलायती शाही परिवारको गहनाका रुपमा प्रयोग गर्दै आएका छन् ।