CanadaKhabar.com

Tuesday, May 7, 2024 -
  • काबुलमा आत्मघाती आक्रमण, ३० को मृत्यु

    Afganistan Blast in busएजेन्सी । अफगानिस्तानको राजधानी काबुल नजिकै भएको एक आत्मघाती आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ ।
    पश्चिमी काबुलमा प्रहरीलाई लिएर गइरहेको बसलाई लक्षित गरि गराइएको विस्फोटमा अन्य ४० जना घाइते भएका छन् ।

    अफगान गृहमन्त्रालयका एक वरिष्ठ अधिकारीले यो आक्रमणको कारण र यो आत्मघाती थियो वा थिएन भन्नेबारेमा अध्ययन भइरहेको जनाएका छन् ।

    सुरक्षा अधिकारीहरुका अनुसार अभ्यासका क्रममा रहेका प्रहरी जवानलाई वारदाकबाट काबुलतर्फ लिएर गइरहेको बसलाई लक्षित गरी सो विस्फोट गराइएको थियो ।

    यद्यपि घटनामा मारिएकाहरुको यकीन संख्या अझै स्पष्ट हुन नसकेको बीबीसीले जनाएको छ । आक्रमणको जिम्मेवारी तालिवान विद्रोहीले लिएका छन् ।

    काबुलमा अघिल्लो सातामात्रै भएको विस्फोटमा १३ नेपालीसहित १५ जनाको मृत्यु भएको थियो भने अप्रिलमा पनि सेक्युरिटीलाई लक्षित गरि तालिवानले गरेको आक्रमणमा ६४ जनाको ज्यान गएको थियो ।