CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • आइएसको प्रभाव बढ्दाे, ढाकाको सुरक्षित क्षेत्रमा आतंकवादी आक्रमण

    Bangladesh 2काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भएको आतंकवादी आक्रमणको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको छ । ढाकाको सुरक्षित गुलशन इलाकामा आक्रमण भएको हो ।

    बंगलादेशमा यसअघि पनि यसप्रकारका हत्याका घटनाहरु हुने गरेका थिए । तर ती आक्रमण आतंकवादी नभएर धार्मिक अतिवादीहरुले गराएका थिए । ती आक्रमणहरुमा हत्यापछि हत्यारा फरार भएका घटना सार्वजनिक हुन्थे ।

    तर यो आक्रमणमा आतंकवादीहरुले बन्धक बनाउने कार्य गरेका छन् । शुक्रबार साँझबाट उक्त इलाकालाई पूरा बन्द गरिएको थियो । यस्तो सुरक्षा व्यवस्था बंगलादेशमा कहिल्यै नदेखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    बंगलादेशमा शुक्रबार साँझ करिब साढे ८ बजे सुरु भएको आक्रमणपछि कमाण्डो आउन नै करिब १२ बजे सम्म लाग्नुले बंगलादेशको सुरक्षा बल आतंकवादको सामना गर्न तयार भइसकेको छैन भन्ने पुष्टि हुन्छ ।

    कुनै पनि आतंकवादी आक्रमण र बन्धक बनाइसकेको अवस्थामा कम्तिमा पनि आधा घन्टामा कमाण्डोले जवाफी कारबाही गर्न सक्नु पर्दथ्यो तर त्यो भएन । जुन गुलसन इलाकालाई इस्लामिक स्टेटले आक्रमणका छान्यो, त्यो राजनीतिक दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ किनकी बंगलादेशको यो सबैभन्दा सुरक्षित क्षेत्र हो ।

    यसले इस्लामिक स्टेटले जुनसुकै बेला पनि आक्रमण हुन सक्ने सन्देश दिएको छ । यतिमात्रै होइन पछिल्लो समयमा इस्लामिक स्टेट आइएसको प्रभाव दक्षिण एसियामा फैलदो अवस्थामा रहेको संकेत पनि हो । अफगानिस्तानमा केही समयअघिमात्रै पनि आइएस लडाकुहरु मारिएका थिए ।