CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • काबूल घटनाका पिडितहरु लाई क्षतिपूर्ति दिन क्यानडा सरकार सकारात्मक

    क्यानडाखबर संवाददाता,गुएल्फ

    बुधबार अपरान्ह ओटावास्थित विदेश मन्त्रालयबाट प्राप्त जानकारी अनुसार जनसम्पर्क समिति क्यानाडाले माग गरे अनुसार क्यानाडा सरकार नेपाली सुरक्षा गार्डहरुको  बहादुरी, इमान्दारिता र  मिहेनत लाई उच्च पहिचान गर्दै काबूल घटनाका पिडितहरु लाई क्षतिपूर्तिको ब्यबस्था गर्न सकारात्मक भएको छ ।
    जनसम्पर्क समिति क्यानाडाका महामन्त्री एवं क्यानडियन मामला प्रमुख दीपक मोहन भट्टराईका अनुसार यस प्रक्रियामा विभिन्न प्राबधान, कानुनी जटिलता, र विभिन्न तह को संलग्नता हुने पर्ने कारणले  आबश्यक प्रक्रिया पुरा गरि आधिकारिक निर्णय आउन अझै केहि दिन लाग्ने छ । क्षतिपूर्ति  सम्बन्धमा जनसम्पर्क समिति क्यानाडाले घटना घटे लगत्तै क्यानाडा सरकार लाई अनुरोध गर्दै विभिन्न पहल गरेको थियो, तर नेपाल सरकारले आधिकारिक माग गर्न केहि ढिला गरेकोले पनि निर्णय आउन केहि समय ढिला भएको हो । विदेश मन्त्रालयले आज नेपाल सरकार को तर्फबाट क्षतिपूर्ति  सम्बन्धमा अधिकारिक अनुरोध आइपुगेको जनाएको छ।janasamparka samiti
    काबूल घटनाका पिडितहरुको  क्षतिपूर्तिको ब्यबस्था साथै नेपाली सुरक्षा गार्डहरुको  बहादुरी, इमान्दारिता, मिहेनतलाई  पहिचान गर्न अनुरोध गर्दै  लब्यिंग  गर्ने क्रममा सहयोग गर्नुहुने आदरणीय नेता तथा प्रधानमन्त्री जस्टिन टूदो, विदेश मन्त्रि स्टेफन दिओन, उप विदेश मन्त्रि, विदेश मन्त्रालयको साउथ एसियन डिभिजन हेर्ने उच्च  अधिकारीहरु,सत्तारुढ दलका केन्द्रिय संसदहरु , लिबरल पार्टी अफ क्यानाडा, लिबरल पार्टीका पूर्व नेता बोब रे , गुएल्फ का साम्सद लोयेड लोङ्गफिल्ड, डी. सी. नेपाल डट काम  लगायत सबै मा जनसम्पर्क समिति क्यानडाले धन्यबाद ब्यत गरेको छ
    पिडितहरुलाई   क्षतिपूर्ति  दिलाउन क्यानाडाको प्रधानमन्त्री कार्यालय, विदेश मन्त्रि , संसद  हुँदै विदेश मन्त्रालय का उप बिदेस मन्त्रि, विदेश मन्त्रालय को साउथ एसियन डीभिजन सम्म बिषय छलफल गराइेएको थियो ।

    मंगलबार जनसम्पर्क समितीले  क्यानाडाका  प्रधानमन्त्री  जस्टिन टूदौलाई  एक पत्र लेखि काबुल घटनाका घाइते तथा मृतकहरु का परिवार लाई उचित क्षतिपूर्तिको ब्यबस्था गर्दै नेपाली कामदारको बहादुरी, इमान्दारिता, मिहेनत लाई उच्ह पहिचान गर्न अनुरोध गरिएको थियो ।  साथै नेपालीहरु प्रति सदभाव राख्ने गुएल्फ का संसद लोयेड लोंग्फिल्ड लाई पनि भट्टराई ले एक पत्र लेखि  यस सन्दर्भमा आबश्यक पहल गरि क्षतिपूर्तिको ब्यबस्थाको लागि लबिङ्ग गरि सरकार, विदेश मन्त्रालय र सदन को ध्यानाकर्षण गराउन बिशेष अनुरोध गर्नुभएको थियो । संसद लोयेड लोंग्फिल्ड गुएल्फ बाट प्रतिनिधित्व गर्ने लिबरल पार्टी का सांसद हुन् ।