CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • काबुल घटनाका पीडित परिवारलाई राहत दिलाउन क्यानडामा सकृय नेपाली

    गोकर्ण लामिछाने – टोरोन्टो,क्यानडा

    गत हप्ता अफगानिस्तानको काबुलमा घटेको बरबर्तापूर्ण अमानविय घटनामा ज्यान गुमाएका १३ नेपालीको परिवारलाई सान्त्वना सहित  राहतको ब्यबस्था मिलाउन क्यानडामा रहेका बिभिन्न संघ संस्था र ब्यक्ती निरन्तर पहलमा लागिरहेका छन् ।

    घटनामा परेका नेपालीहरु काबुलस्थित क्यानेडियन राजदुताबासमा सुरक्षाकर्मीका रुपमा काम गर्दै आएका थिए त्यसैले पनि क्यानडा संग जोडीएको बिषय भएकाले क्यानडामा रहदै आएका नेपालीहरुको लागि यो थप चासोको बिषय बन्न पुगेको हो ।

    गैर आवासिय नेपाली संघ (एनआरएन) क्यानडाका पुर्व अध्यक्ष अनिल थापा र पुर्व उपाध्यक्ष अभिमन्यु बस्नेत पनि यस अभियानमा निकै सकृयाता पुर्वक लागिपरेका छन् । क्यानडाका प्रशासनिक निकाय,राजनैतीक दल लगायतका तहहरुमा आफ्ना चासो र एजेण्डासहित छलफल भईरहेको अभिमन्यु बस्नेतले बताए उनका अनुसार बिपक्ष दल कन्जरबेटिबका नेता प्याट्रिक ब्राउन,फेड्रल मिनिस्टर नभदिप बैनस,लिब्रल पार्टिका संसद रमेश साङ्गा लगायतसंग भेट गरी घटनामा परेका मृतक परिवारलाई राहत दिलाउन भिभिन्न चरणमा छलफल भईरहेको छ ।avimanyu basnet2विभिन्न दलका नेताहरुसंगको छलफल पछी फोटो खिचाउंदै पहलकर्मी अनिल थापा,अभिमन्यु बस्नेत । तस्बिर:अभिमन्यु बस्नेतको फेसबूकबाट
    नेताहरुसंगको छलफल सकारात्मक रहेको र आवश्यक प्रकृया मिलाएर राहतको लागि क्यानडा सरकारलाई ध्यानाकर्षण गराउन नेताहरुले आश्वासन दिएकाले अब छिट्टै यो पहलको नतिजा आउने कुरामा पहलकर्मी बस्नेत विश्वास्त छन् । यो पहललाई साझा बनाउंदै एनआरन क्यानडाले पूर्ण रुपमा पहल लिदा अझै प्रभावकारी हुने उनको बुझाई छ । यस बिषयमा नेपाल सरकार र क्यानडा स्थित नेपाली दुताबासले पनि कुटनितिक पहल गरीरहेको छ ।