CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • इराकमा तीन दिने राष्ट्रिय शोक, मृतककाे संख्या १२५ पुग्याे

    Is killed In bagdadएजेन्सी । इराकमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

    बग्दादका दुई छुट्टाछुट्टै स्थानमा भएका आतंकवादी आक्रमणमा परी १२५ जनाको ज्यान जानुका साथै अन्य १५० भन्दा बढी मारिएपछि इराक सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ।

    यो इराकमा भएको वर्षकै सबैभन्दा ठूलो आक्रमण हो । यसअघि गत ११ मे मा भएको कारबम विस्फोटमा ९३ जना मारिएका थिए ।

    बग्दादको कारादा इलाकाको एक रेष्टुरेन्ट नजिकै भएको शक्तिशाली कार बम विस्फोटमा रमजानको किनमेलका लागि निस्किएका करिब १२० जनाको मृत्यु भएको थियो ।

    यस्तै उत्तरी बग्दादमा भएको अर्को विस्फोटमा ५ जना मारिएका थिए । बम विस्फोटका समयमा घरमै रहेका कतिपयको शब जलेको अवस्थामा उद्दारकर्मीहरुले निकालेका थिए ।

    चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले आक्रमणको जिम्मेवारी लिइसकेको छ । प्रधानमन्त्री हैदर अल अबादीले घटनास्थलको स्थलगत अवलोकन गरेका थिए ।