CanadaKhabar.com

Tuesday, December 16, 2025 -

अमेरिकाले मनायो स्वतन्त्रता दिवस (फोटो फिचर)

न्युयोर्क । अमेरिकाले आफ्नो स्वतन्त्रता दिवस भव्यताका साथ मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा कुनै घटना नघटोस भनेर सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

अमेरिका ४ जुलाई सन् १७७६ मा बेलायतको उपनिबेशबाट मुक्त भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष जुलाई ४ लाई अमेरिकाले स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।

अमेरिकी जनताले बेलायतको शासनसत्तामाथिको अधिकार र आफ्ना कठिनाईबाट मुक्ति पाउनका लागि सन् १९७५ मा संघर्ष सुरु गरेको थियो । त्यसको एक वर्षपछि उक्त संघर्ष अमेरिकी स्वतन्त्रता संग्राममा परिणत भएको थियो ।

तत्कालीन बेलायती शासक जर्ज तृतीयको दमनकारी नीतिबाट सम्झौताको सम्भावना समाप्त भएपछि पूर्ण सम्बन्ध बिच्छेद हुन पुगेको थियो ।

4july-security

America Independent day 1

America Independent day 2

America Independent day 3

America Independent day 4

America Independent day 5

America Independent day 6

 
तस्बिर : सुरेश शाही