गोकर्ण लामिछाने, ब्राम्टोन क्यानडा ।
ब्राम्टोन सिटी क्यानडाले हरेक बर्ष गर्दै आएको ‘ब्राम्टोन मल्टिकल्चर फेस्टिबल’मा यो बर्ष देखी नेपालको पनि सहभागीता सुरु भएको छ । संसारभरका बिभिन्न देशबाट क्यानडा आएका नागरिकहरुले आफ्नो देशको पहिचान,संकृति र मौलिकतालाई यहाँ पहिचान गराउने अवसर ब्राम्टोन सिटी (काराब्रम २०१६) ले जुटाएको हो । यो अवसरलाई सदुपयोग गर्दै नेपालको प्रचार प्रसार र प्रवर्दनमा लागि परेका क्यानडाका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि एनबी टन्डन लगायतको टिम निरन्तर सकृय छ । जुलाई ८,९ र १० तारिक चल्ने फेस्टिबलमा नेपालीपन र मौलिकता झल्कने नाच,नेपालको परिचय दिने ‘स्पिच’का लागि समेत आयोजकले स्टेज दिएको छ । नेपालको खाना र हान्डिक्राफ्ट प्रर्दशनीका लागि कार्यक्रम स्थलमा स्टलको ब्यबस्था गरिएको छ । स्टलमा नेपाली खाना सेलरोटी,चिउरा,भट्मास,सांदेको आलु, म:म लगायतका खाना राखिएको छ,स्टल ब्यबसायिक हेतुले नभएर फेस्टिबलमा आउनेहरुले लागि नेपालको टिपिकल टेस्ट दिन राखिएको सन्त राजभण्डारी बताउंछन ।
फेस्टिवलमा नेपालमा बनेका हान्डिक्राफ्ट राखिएको स्टलमा निकै ब्यत देखिन्थे सुमन ढकाल स्टलमा आउने ग्राहकलाई नेपाली उत्पादनको बिषयमा जानकारी दिन भ्याई नभ्याई थियो उनलाई । सुमन हान्डिक्राफ्ट ब्याबसायी हुन् बिगत ५ वर्ष देखी नर्थ अमेरिकामा आफ्नो ब्यवसाय गर्दै आएका छन् ।
नेपाली पोशाक दौरा सुरुवालमै सजिएर आएका किस्मत भण्डारी र डिआर खनालले स्टेज मै पुगेर नेपालको प्रचार गर्न भ्याए । कार्यक्रममा नेपाली मौलिक गीतहरुमा आफ्नो कलात्मक न्रित्य गरेका रोशन केसी,सुस्मा केसी,सरिना ज्ञावली सुनिता राउत र जस्टिन काफ्लेको नाचले उपस्थित सबैको ध्यान स्टेजतिर खिचेको थियो (उक्त भिडियो क्यानडा खबर डट कम को फेसबूक मार्फत लाइभ गरिएको थियो । )