‘शान्ति र संबिधान कहिले दलगत स्वार्थ त्यागेर नेपाली बन्छौ जहिले’ भन्ने नाराका साथ शान्ति र संबिधानको निम्ति दबाब मुलक म्याराथन होस् या भ्रष्ट्राचारी जेल परुन् भन्ने जनजागरणका कार्यक्रम ल्याएर चर्चामा रहेको लियो क्लब अफ काठमाण्डौ मार्गदर्शनमा समिर बुढाथोकी सर्वसहमतिमा अध्यक्ष निर्वाचित भएका छन् ।
अध्यक्ष निर्वाचित भएपछि मन्तव्य राख्दै “नयाँ सोच ,संकल्प ,उत्साह र तत्परताका साथ नागरिक ,साँस्कृतिक ,सामाजिक तथा नैतिक कल्याणकारी कार्यहरूमा क्लबका गतिबिधिहरू अघि बढाउने “, बताए ।
त्यसैगरी उपाध्यक्षहरुमा बिश्वास बस्नेत र सरोज बस्नेत ,सचिबमा मात्रिका कोइराला र कोषाध्यक्षमा स्वेक्षा भण्डारी निर्वाचित भएका छन् ।
पद तथा कार्यभार हस्तान्तरण गर्दै पुर्व अध्यक्ष कुबेर पाठकले ‘आजको दिन सम्म लियो क्लब अफ काठमाण्डौ मार्गदर्शनलाई सहयोग गरी आटेका कामहरु सफलता पुर्वक सु-सम्पन्न गराउन सहयोग गर्नुहुने मनहरु प्रति आभार ब्यक्त गर्दै स्वहि किसिमको माया सदैब यो टिमले पाउनेमा’, बिश्वस्थ रहे
उक्त कार्यक्रममा मिस नेपाल अर्थ २०१५-दिब्यता बैध्य , माउन्टेन टेलिभिजनका प्रमुख सम्पादक सुनील दाहाल ,चर्चित लेखक बुद्धिसागर ,युवा नेता जागृत रायमाझी ,लियो ३२५ बि २ का पुर्व अध्यक्ष सुदीप कोइराला,बर्तमान सचिब तारा गुरागाई लगायतको उपस्थिति रहेको थियो ।