CanadaKhabar.com

Monday, October 12, 2026 -

विन्ड्सोरका नेपालीभाषी भुटानी समुदायको आयोजनामा फुटबल प्रतियोगिता सम्पन्न

क्यानडाखबर संवाददाता, विन्ड्सोर, क्यानडा । 

भुट्निज कम्युनिटी अफ विन्ड्सोर ओन्टारियोले एक दिवसिया फूटबल खेल आयोजना  गरेको छ । क्यानडाको विन्ड्सोर बस्दै आएका नेपालीभासी भुटानी समुदायले यो बर्ष देखी मैत्रिपूर्ण फूटबल प्रतियोगिता सुरु गरेको छ ।

foodball1

विन्ड्सोर फरेस्ट ग्याड पब्लिक स्कुलको मैदानमा सम्पन्न खेलमा वाइट हूल्फ वारिवोर समुहले प्रथम स्थान हासिल गर्‍यो भने  रेड ड्रागोन दोस्रो बन्न पुग्यो  ।foodballl

बिजयी टिममा सिल तथा ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा स्थानिय नेपाली भाषी भुटनिजहरुको  ६ टिमले सहभागीता जनाएका थिए । foodball
तस्विर : बलराम काफ्ले