CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • माओवादीका मन्त्री फिर्ता, यस्तो छ प्रचण्डले ओलीलाई पठाएको पत्र

    patra-finalकाठमाडौ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको छ । 

    पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

    एमालेसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले कार्यान्वयन गर्न तयार नभएको भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जनाएको हो ।

    वतर्मान सरकारबाट समर्थन फिर्ता लिइएको पत्रमा पूर्वसहमति कार्यान्वयन गर्न सरकार तयार नभएकोले पार्टी सरकारमा सहभागी रहिरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट फिर्ता लिएको उल्लेख छ ।

    माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको जानकारी समेत प्रधानमन्त्री ओलीलाई गराएको छ । पत्रमा अध्यक्ष दाहालले पार्टीको सो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास लिएका छन ।

    सत्ता साझेदार दुई दलबीच गत वैशाख २३ गते नौबुँदे सहमति भएको थियो । पत्रमा संविधान कार्यान्वयन गर्न, सङ्क्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, तराई–मधेसमा भएको आन्दोलन एवम् थारू लगायत सबै आदिवासी, जनजाति र सरोकार भएकाहरुको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको पार्टीको धारणा रहेको जनाइएको छ ।