CanadaKhabar.com

Saturday, May 18, 2024 -
  • शिक्षकले पीआर र डीभी लिन नपाउने

    आजको पत्र पत्रीकाबाट

    काठमाडौं–सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विदेशको स्थायी आवासीय अनुमति पिआर र डिभी लिन नपाउने भएका छन् ।

    डिभी पिआर लिएका शिक्षक कर्मचारीहरूले साउन १५ गतेसम्म विद्यालायलाई जानकारी गराउनुपर्ने हुन्छ । शिक्षक कर्मचारीले भदौ १५ भित्री डिभी पिआर त्यागेमा कारबाहीबाट उन्मुक्ति पाउनेछन् ।

    नत्याग्ने हो भने कारबाही स्वरूप सेवाबाट अवकाश पाउने छन् । पिआर लिने शिक्षक कति छन् भन्ने कुनै यकिन छैन् ।

    शिक्षा ऐन आठौं संशोधनमा शिक्षक र कर्मचारीले पीआर, डीभी लिन र आवेदन दिनसमेत रोक लगाइएको छ । ऐनमा भएको प्रवाधानलाई शिक्षा विभागले कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।