CanadaKhabar.com

Saturday, May 18, 2024 -
  • क्यानडामा नेपाली खुकुरी नाच ( भिडियो सहित )

    क्यानडाखवर संवाददाता ।
    प्रत्येक बर्षको जुलाईमा  क्यानडाको क्यालगरी शहरमा आयोजना गरिने स्टम्पिडमा यसपटक स्थानीय नेपाली समुदायले नेपाली परम्परा र पहिचान झल्किने खालको झाँकी सहित बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर आफ्नो सहभागिता जनाएको छ । नेपालका विविध संस्कृति र भेषभुषा झल्कने गरी विभिन्न पोशाकमा सजिएर समुदायका सदस्यहरू  झाँकीमा उपस्थित भएका थिए भने  स्थानीय कलाकारहरूले नेपालीको पहिचान र बिरता झल्काउने खुकुरी नृत्य लगायतका आकर्षक नृत्यहरू प्रदर्शन गरेका थिए ।cargary program maa nepali (2)

    नेपाली प्रदर्शनीलाई  परेडमा उपस्थित बहुसांस्कृतिक समुदायले विशेष रुचिका साथ अवलोकन गरेको  ‘एनसीएससी’का अध्यक्ष ध्रुब राइले बताए ।  दुइसय बर्षभन्दा लामो इतिहास बोकेको  ‘क्यालगरी स्टम्पिड’ दश दिनसम्म रोडियो, परेड,संस्कृतिक झाँकी, र नाचगान गरी मनाइन्छ ।  क्यालगरी स्टम्पिड संसारकै सबभन्दा ठुलो “आउट डोर सो ” मानिन्छ जसमा संसारभरका झन्डै दश लाख मानिस सहभागी हुन्छन । cargary program maa nepali (4)

    क्यानाडामा ‘भिजिबल माइनोरिटी’ को रुपमा रहेको नेपाली समुदायका तर्फबाट   पहिलो पटक सहभागिता  जनाउन पाउँदा नेपालीको सांस्कृतिक पहिचानलाई क्यानडामा स्थापित गराउन थप मद्दत पुगेको र यसले  नेपालको पर्यटन प्रवर्धनमा समेत  टेवा पुर्याउने विश्वास गर्दै सीएनसीए का अध्यक्ष दिव्य प्रधानले आगामी बर्षहरूमा पनि नेपाली समुदायको सहभागितालाई निरन्तरता दिने बताए ।  क्यानडाको विभिन्न सिटीमा हुने बहुसांस्कृतिक कार्यक्रमहरु  नेपाली समुदायको उपस्थिती बड्दो छ । cargary program maa nepali (3)

    cargary program maa nepali (1)
    भिडियो हेर्न यहाँं क्लिक गर्नुहोस्