CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • क्यानाडा र अमेरिका पठाइदिन्छु भन्दै ३१ लाख ठग्ने पक्राउ

    क्यानडा र अमेरिका पठाइदिन्छु भन्दै ४ जनासंग ३१ लाख रुपैंया ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका ३१ वषिर्य तुलबहादुर तामाङ पक्राउ परेका छन् । फेसबुकमा आफ्नो नाम परिर्वतन गरी विदेशमा काम गरीरहेकासंग मित्रतागरी अमेरिका र क्यानडा लैजाने भन्दै नेपाल बोलाएर ९ देखी १३ लाख रुपैंयासम्म ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार पक्राउ thagiगरेको हो ।tul br tamang

    महाशाखाका अनुसार तामाङले फेसबुकमा जेभी नाममा खाता खोलेर विभिन्न ब्यक्तिलाई साथी बनाएर आफु क्यानडाको पिआर पाएको ब्यक्ति र आमा क्यानडामा डक्टर छिन् भन्दै प्रलोभन दिने गरेका थिए । प्रस्ताव विदेशमा बैदेशिक रोजगारीमा रहेकालाई क्यानडा र अमेरिका पठाइदिने प्रस्ताव राख्दै नेपाल बोलाउने गरेको अनुसन्धानमा खुलेको छ ।

    महाशाखाको अनुसन्धान विवरण अुनसार उनको प्रस्तावमा लोभिएर लेवनानमा रोजगारीमा रहेकी श्रृजना दोङ्ग नेपाल आएकी थिइन् । उनीसंग भेटगरी तामागंले अमेरीकामा डिपेन्डेन्ट भिषामा पठाउने भन्दै उनीसंग ९ लाख रुपैंया लिएका थिए ।

    उनले श्रृजनासंग विश्वसनिय सम्बन्ध बनाएर उनलाई नै क्यानडा जान चाहने अन्यको खोजी गराए । श्रृजनाले क्यानडाका लागी भाई भाई संजय दोङ्ग र मिम लामालाई राजी गराइन् र १३ लाख रुपैंया बुझाइन् । फेसबुकमै सम्पर्क भएकी साईप्रसमा रहेकी कुसुम लामालाई क्यानडा आफ्नो आमा डक्टर रहेको र उनलाई क्यानडा लैजाने प्रस्ताव राख्दै ९ लाख रुपैंया लिएको उनको बयानबाट खुलेको महाशाखाले जनाएको छ ।

    विदेश पठाउने भनी तामाङबाट अन्य ब्यक्ति समेत ठगीएको हुनसक्ने भन्दै महाशाखाले कोही ठगीएको भए सम्पर्क राख्न आग्रह गरेको छ । आजको कान्तिपुरमा समाचार छ ।