CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • ‘नेपाल कप क्यानाडा’ हुँदै, तयारी पुरा

    क्यानाडाखवर संवाददाता ।
    टोरोन्टो, क्यानाडा । जनजाति एशोसिएसन क्यानडाले आयोजना गर्दै आएको  नर्थ अमेरिकाकै ठुलो भनिएको  खेलकुद इभेन्ट ‘नेपाल कप क्यानाडा ’को आठौ संस्करण यही ‘सेप्टेम्वर ४’ मा क्यानाडाको टोरोन्टो (मिसिसागा) मा हुने भएको छ । क्यानाडामा बस्दै आएका नेपाली तथा नेपाली भाषी भुटानीहरुको फूटबल टोली  सहभागी हुने यस प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको संयोजक आदी याक्थुम्बाले बताए । ‘सकर फर युनिटी, बेटर कम्युनिटी नाराका साथ आयोजना हुने यस प्रतियोगितामा ग्रेटर टोरन्टो लगायत क्यानाडाका विभिन्न शहरहरु ओटवा, मोन्टरियल, विन्ड्जर, लण्डन, गुएल्फ र  अमेरिकाको न्यूयोर्कबाट टोली सहभागी हुने निश्चित भएको आयोजना संस्थाले जनाएको छ । nepal cup canada

    क्यानडाको लामो विदा पर्ने ‘लेवर डे’ को अवसर पारेर सेप्टेम्वर ४ छनौट गरिएकोले धेरै दर्शक तथा टिमहरुको सहभागि हुने आयोजकको अनुमान छ । गत बर्ष १२ टिम सहभागि भएका थिए भने ७०० भन्दा बडी दर्शकको उपस्थित रहेको थियो र गत वर्षको खेलआ टोरोन्टोस्थित धारी क्लब बिजयी भएको थिएे भने न्यू योर्कको एफसिओरेन्ज उपबिजेता बनेको थियो ।

    इभेन्टलाई थप व्यवस्थित बनाउन एक टास्क फोर्स र फेयरनेस्स कमिटी बनाएर नेपाल कप क्यानाडा २०१६ लाई अझ ब्यवस्थित, रोचक र ऐतिहासिक बनाउने तयारीमा जुटेको छ आयोजक टोली । कार्यक्रममा नेपाली खाना तथा परिकारहरु-म:म:, सेलरोटी, आलुदम्, चनाचटपटे लगयत अन्य परीकारहरु रहनेछ ।
    नेपाल कप क्यानाडा आयोजना गर्ने मुख्य उद्देश्य नर्थ  अमेरिकामा बसोबास गर्ने नेपाली नेपाली तथा नेपाली भासीहरुबिच  भाइचाराको सम्बन्ध विस्तार गर्दै , नेपाली समुदायबीचको नेटवर्कलाई बलियो र सुमधुर बनाउन, नयाँ पुस्तालाई उत्साहित गर्न यस्ता कार्यक्रम गर्दै आएको आयोजक संस्था जनजाती एशोसिएसन क्यानाडाका अध्यक्ष गिरी बुढाथोकीले बाताए । यस कार्यक्रमको निरन्तर अपडेट क्यानडाखबर डट कममा हेर्न सक्नु हुनेछ ।