CanadaKhabar.com

Saturday, May 18, 2024 -
  • टोरोन्टोमा भब्य बन्दै `हिमालयन मेला`

    गोकर्ण लामिछाने
    टोरोन्टो,क्यानाडा । 

    क्यानडाको टोरोन्टोमा निकै सकृय रहदै आएको संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसिसीएस)ले नेपालको पर्यटन प्रवद्दनमा सहयोग पुर्याउने लक्ष्य सहित मौलिक संस्कृतिलाई नर्थ अमेरिकाभर चिनाउन नेपाल मेला अर्थात `हिमालयन मेला `आयोजना गर्दै छ । nepali melaa - himalayan melaa 2016 live on canadakhabar.com

    क्यानडाको टोरोन्टो स्थित नाथन फिलिप स्वायरमा गर्न लागिएको मेलामा नेपाली परिकारहरुको पनि बन्ने छ भने नेपालको पहिचान सहितको मौलिक बाजाको धुनहरु लाईभ सुन्न पाइने छ नेपाली कल्चर लाखे नाच पनि देखाइने तयारी गरिएको र हिमालयन मेला भएकाले नेपालओ हिमालहरुसंग सम्बन्धित जानकारीमुलक सामाग्रीहरु प्रस्तुत गरिने  संस्थाका महासचिव बुद्दिसागर बस्यालले बताए ।

    कार्यक्रमलाई भब्य बनाउन नेपालमा सुगम संगितमा जमेका गायक प्रमोद खरेललाई क्यानाडा बोलाइेको छ उनी संगै चर्चित लोक गायक बुद्दी सागर बस्यालले गीत गाउने छन भने क्यानाडाका स्थानिय कलाकारहरुले आफ्ना विभिन्न प्रस्तुतिहरु देखाउंने छन् ।  सरकारले `मल्टिकल्चर सिटीको अवधारणा ल्याएकाले पनि हरेक देशका नागरिकहरु आफ्नो देशको संक्रिती झल्कने कार्यक्रम सजिलै गर्न सक्नेछन ।