CanadaKhabar.com

Saturday, May 18, 2024 -
  • ‘एएनए’मा क्यानाडाबाट मित्र काफ्ले निर्वाचित

    क्यानाडाखबर संबाददाता
    टोरोन्टो,क्यानाडा ।

    एसोसिएशन अफ नेप्लिज इन नर्थ अमेरिका(ANA) मा क्यानाडाबाट सकृय रहदै आएका मित्र काफ्ले उपाध्यक्षमा निर्वाचित भएका छन् । हालै अमेरिकाको अटलान्टामा सम्पन्न ३३ औ सम्मेलन पछीको बोर्ड मिटिङले अमेरिका बस्दै आएका डाक्टर शम्भु ढुंगानाको अध्यक्षतामा नयाँं कमिटी सार्वजनिक गरिएको हो भने संस्थाले सिनियर उपाध्यक्षमा खगेन्द्र अधिकारीलाई चयन गरेको छ ।ana us
    ३३ वर्ष पुरानो ईतिहास बोकेको यस संस्थाले नर्थ अमेरिका रहदै आएका नेपाली समुदायको विचमा लोकप्रिय काम गर्दै आएको छ ।

    खास गरी अमेरिकामा बडी केन्द्रीत यस संस्थामा क्यानाडाको प्रतिनिधित्व गर्दै नेतित्वमा आएका काफ्लेले छिमेकी दुई मुलुक ‘अमेरिका र क्यानाडा’ बस्दै आएका नेपाललीहरुबिच भाईचारा बढाउंदै सहकार्य गर्दै जाने बताए । उनले भने ‘अब नयाँं पुस्ताले केही गरेर देखाउने समय आएकाले आफूहरु नेपाली समुदायको उन्नतीमा निरन्तर लाग्नेछु’ ।यस संस्थामा क्यानाडा रहदै आएका अन्य नेपालीहरुको पनि सहभागीता छ ।