CanadaKhabar.com

Wednesday, February 4, 2026 -

‘नर्थ अमेरिका कप’ भलिबल प्रतियोगिता क्यानाडामा हुँदै

क्यानाडाखवर संवाददाता
टोरोन्टो,क्यानाडा

लालिगुरांस स्पोर्टस क्लवले आयोजना गर्न लागेको नर्थ अमेरिकाब्यापी भडिबल प्रतियोगिता एवंम सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।laliguraas volleyball

क्यानाडाको मिसिसागा स्थित क्यान्लन स्पोर्टसप्लेक्स वल्फडाले रोडमा हुने ‘पांचौ नर्थ अमेरिका कप भडिबल प्रतियोगिता’मा अमेरिका र क्यानाडा दुवै देशका नेपाली भडिवल टोलीहरुले सहभागीता जनाउनेछन् । आयोजकका अनुसार यो वर्ष ८ टिमले खेल खेल्नेछन् प्रतियोगितामा प्रथम हुने समुहले १५००$ सहित रनिङ सिल्ड र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने समुहले ८००$ नगद सहित मेडल पाउनेछ ।
खेलमा सहभागी हुने समुहबाट खेल दर्ता शुल्क ४००$ उठाइेको आयोजकले जनाएको छ ।

खेल सकिए लगत्तै लालिगुरांस क्लबकै आयोजनामा सांस्कृतिक कार्यक्रम हुने तयारी गरिएको छ । सांस्कृतिक सांझमा अमेरिका रहदै आएका नेपालका चर्चित पप गायक दिपेश किशोर भट्टराई आउने समेत निश्चित भएको बताईेएको छ ।cultural programme

भट्टराईको प्रस्तुतीसंगै क्यनाडाका स्थानिय गायक आशिर्वाद सुबेदी,सिताराम तेन्युङ लगायतले आफ्ना गीत गाउने छन् भने आकर्षक नाचले धेरैको मन जित्न सफल रोशन केसीले लगायतको समुहले आफ्नो नाच देखाउने तयारी रहेको छ । नेपाली समुदायलाई एकिकृत गर्दै आपसी सामिप्यता कायम गराउन यस्ता कार्यक्रम आयोजना गरिएको आयोजकको दाबी छ ।