CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • ‘लालिगुरांस कप’उपाधी अमेरिकाको कोलम्बस टिमलाई

    क्यानाडाखबर संवाददाता
    टोरोन्टो,क्यानाडा ।
    क्यानाडामा रहेका नेपाली समुदायको खेलकुद बिकासमा सकृय भूमिका खेल्दै आएको लालिगुंरास खेलकुद क्लबको आयोजनामा पांचौ नर्थ अमेरिका ब्यापी भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अमेरिका र क्यानाडा बस्दै आएका नेपाली समुदायको प्रतिनिधित्व गर्दै ७ टोलीले खेलमा आफ्नो सहभागीता जनाए । laliguraas volleyball (7)क्यानाडाको मिसिसागास्थित क्यान्लन स्पोर्टसप्लेक्स वल्फडालेमा भएको प्रतियोगितात्मक खेलको फाईनल प्रतिस्पर्धा अमेरिकाको कोलम्बस टिम र स्थानिय आयोजक टिम लालिगुरांस A बिच भएको खेलमा कोलम्बसले बाजी मार्न सफल भएको भने ललिगुरांस दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो ।volleyball playing (1) निकै आकर्षक खेल देखाउन सफल कोलम्बस टिमले निकै कौशलता पुर्वक खेललाई अगाडि बढाएकै कारण सहजै जित हासिल गर्‍यो । बिजयी कोलम्बस टिमले नगद १५०० $ सहित रनिङ सिल्ड र मेडल प्राप्त गरेको छ भने दोस्रो हुने आयोजक टिम लालिगुरांस A नगद ८००$ संगै मेडल पोल्टामा पार्न सफल भएको छ ।volleyball playing (3) खेलकुदप्रेमी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित लालिगुरांस क्लबले बिगत ५ वर्ष देखी नर्थ अमेरिकास्तरिय भडिबल प्रतियोगिता गर्दै आएको यस संस्थाले खेलको माध्यमबाट नेपाली समुदायलाई प्रेमी पार्दै लैजाने हेतुले यस्ता कार्यक्रम आयोजना गरिदै आएको आयोजक संस्थाले बतायो ।
    volleyball playing (2)

    laliguraas volleyball (6)

    laliguraas volleyball (5)

    laliguraas volleyball (5)

    laliguraas volleyball (4)

    laliguraas volleyball (3)

    laliguraas volleyball (2)
    laliguras team