CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • एनआरएन सम्मेलनमा पत्रकार काण्ड – यस्तो छ विज्ञप्ती

    मिति २८ अगष्ट २०१६
    विश्वभर छरिएर रहेका नेपालीहरुको साँझा सस्था गैरआवासीय नेपाली सघ (एनआरएनए)का हरेक गतिविधिलाई जनस्तर सम्म पु¥याउन र यो सस्था प्रतिको विश्वास बढाउनका लागि जति एनआरएनएका अभियान्ताहरुको हात छ त्यति नै सञ्चार माध्यमहरुको पनि छ भन्ने हाम्रो ठहर छ । एनआरएनएका हरेक गतिविधिलाई सञ्चारकर्मीले सहजै जनमानसमा पु¥याउने गरेकै कारण आजका दिनमा एनआरएनएले आफ्नो अभियानलाई एक पछि अर्को गर्दै उचाइ लिन सकेको हो । भिजन २०२० एण्ड वियोण्ड भन्ने नारा सहित दुइ दिन सम्म अमेरिकाको न्युजर्सीमा संचालन हुने नवौ क्षेत्रिय सम्मेलनमा आम नेपालीको जस्तै सञ्चारकर्मीको पनि चासो रहनु स्वाभाविक हो ।
    अमेरिकामा दर्ता भएका संघ संस्थाका स्वनामधन्य नेताहरुले संचारकर्मीहरुको उपहास र मानमर्दन गर्ने प्रवृत्ति नेपाली समुदायमा एक समस्याको रुपमा रहिआएको छ । आफूलाई अनुकूल पर्दा चाकरी गर्ने र स्वार्थ सिद्ध भएपछि संचारकर्मीहरुको आलोचना गर्ने यस्तो कर्मको एन आर एन क्षेत्रिय भेलामा फेरी एकपटक पुनरावृत्ति भएको छ । न्यू जर्सीमा जारी क्षेत्रिय भेलाको समाचार संकलन गर्न गएका संचारकर्मीहरुलाई हीनताबोध हुनेगरी निकृष्ट स्तरको टिप्पणी गर्नेमा भेलाका संयोजक सोनाम लामा स्वयं अग्रपंक्तिमा देखिनु अत्यन्त दुःखको कुरा हो ।nrna 9 th conference
    भेला अघिनै आयोजकहरुले संचारकर्मीहरुलाई दर्ता स्वरुप लाग्ने शुल्क ५० डलर मिनाहा गर्ने र समाचार सम्प्रेषणका लागि ’मेडिया सेन्टर’को ब्यवस्था गर्ने बताएका थिए । तर आयोजकले मेडिया सेन्टर स्थापना गर्ने सामान्य व्यवसायिकता समेत निर्वाह गर्न आवश्यक ठानेनन् ।
    त्यसपछि, रातीको खाना खाने क्रममा भेलाका संयोजक सोनाम लामाले संचारकर्मीहरुको समूहमा पुगेर ’ पत्रकारहरुले गर्दा आयोजकलाई खाना पुगेन’ भन्दै व्यंग्य गर्नु भेलाको अर्को दुखद पक्ष्क्ष हुन पुग्यो। भेलाको समाचार संकलन गर्न न्यू योर्कबाट अधिकांश संचारकर्मीहरुको उपस्थिति थियो । न्यु जर्सीभंदा बाहिरका संचारकर्मीहरुले आफ्नो खर्चमा हवाई टिकट किनेर आफ्नो व्यवस्था आफै गरेका थिए । आयोजक सस्थाले एक मिडिया हाउस एक पत्रकारलाई कार्यक्रमको समाचार संकलनका लागि निम्तो पठाएर अनुरुप पत्रकार त्यहाँ पुगेका हुन । आयोजकका मिडिया संयोजक कृष्ण केसीले कूल २८ जना संचारकर्मीको एक्रिडिएशन कार्ड बनाउन सिफारिस गरेको जानकारि दिएका थिए । तर बेलुकाको खाना पछि ७० जना पत्रकारले सित्तैमा खाना खाएको प्रचार गरिनुका पछाडि कुन नियतले काम गरेको थियो, हामी संचारकर्मीहरु सोच्न बाध्य भएका छौं ।
    आयोजक पक्षको कमजोरीका कारण केही संचारकर्मीहरुको परिचय पत्र समेत तयार नहुँदा उनीहरुलाई ‘स्थानीय आयोजक’का रुपमा दर्ता गरिएको तथ्य समेत यहाँ स्मरणयोग्य छ । सम्मेलन शुरु हुनु पूर्व नै कार्यक्रम स्थल पुगेका न्युयोर्कबाट प्रकासित हुने एभरेष्ट टाइम्स पाक्षिकका प्रधान सम्पादक आङछिरिङ शेर्पा र विश्व सन्देश साप्ताहिकका प्रधान सम्पादक विजय पौडेल लगायतका पत्रकारहरुले एक्रिकेडन कार्ड लिदा हराएको भन्दै अपमानित गराएको घटना प्रति पनि नेजा खेद व्यक्त गर्दछ ।
    अमेरिकामा कार्यरत संचारकर्मीहरुलाई आयोजकको खाना सित्तैमा खानुपर्ने लालसा र आवश्यकता दुवै छैन । न कसैले त्यस्तो आशा गरेका छन् । हाम्रो उपस्थिति बिशुद्ध पेशागत धर्म निर्वाहका लागि हो । सित्तैको भोज खान होईन । यस्तो अवस्थामा सञ्चारकर्मी एवं पत्रकारहरुको हकमा एनआरएनए नवौ क्षेत्रिय सम्मेलन आयोजक समिति पूर्वाग्रही देखिनु आफै दुखद कुरा हो । नवौ क्षेत्रिय सम्मेलनका क्रममा नेपाल सहित अन्य मुलुकबाट आएका र अमेरिकामा रहेका पत्रकारहरुको मानमर्दन गर्ने कार्य स्वयम सम्मेलनका संयोजक एंव एनआरएनए उत्तर अमेरिका क्षेत्रिय संयोजक सोनाम लामाबाट नै हुनुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा) घोर भत्सना गर्दछ ।
    नेपालबाट अतिथिको रुपमा निमन्त्रण गरिएका बरिष्ठ पत्रकारद्वय हरिहर विरही र कवीर राणालाई मानमर्दन गरेको आयोजक समितिले साँझ समग्र पत्रकारलाई बदनाम गराउने काम गरेको छ । सम्मेलन आयोजक समितिका संयोजक सोनाम लामाले नै घेरै पत्रकार आएर भात खाइदिदा आफुहरुलाई घाटा भएको भन्ने अत्यन्त तल्लो स्तरको अभिव्यक्ति दिनु नै आफैमा लाजैमर्नु विषय हो ।
    विश्वकै सबै भन्दा बढी प्रेस स्वतन्त्रता भएको मुलुक अमेरिकामा आयोजित एनआरएनएको सम्मेलनमा पत्रकारलाई मानमर्दन र बदनाम गर्ने काम आफैमा निन्दनीय छ । एनआरएन जस्तो सस्थामा मिडिया बुझदै नबुझेका व्यक्तिहरु मिडिया संयोजक बनाउनु, आफुखुसी पत्रकारको नाममा गैर पत्रकारलाई एक्रिडिएन कार्ड बाड्नले पनि यो समस्या आएको हो ।
    नेपाल अमेरिका पत्रकार संघ नेजा पत्रकार माथि भएको निकृष्ट व्यवहारको घोर भत्सर्ना गर्दै खेद ब्यक्त गर्दछ । साथै सम्मेलन आयोजकसँग औपचारिक क्षमायाचनाको माग गर्दछ ।
    तोया दाहाल
    महासचिव
    नेपाल अमेरिका पत्रकार संघ (नेजा)