CanadaKhabar.com

Sunday, April 20, 2025 -
  • सौतेलो छोरा हत्या गर्न खोज्ने पक्राउ

    काठमाडौं । सौतेलो छोरालाई चक्कु प्रहार गरी हत्या गर्न खोज्ने दैलेख मालिका–२ की २७ वर्षीया बर्दा शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनले सौतेलो छोरा १२ वर्षीय कमल शाहीलाई हत्या गर्ने उद्देश्यले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । शाहीले बिहीबार साँझ घरमै चक्कु प्रहार गरेको र उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते कमलको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

     

    Source: http://www.baahrakhari.com//news-details/4680/2016-09-02