CanadaKhabar.com

Saturday, December 28, 2024 -
  • पाकिस्तानमा अदालतमा आक्रमण, ११ जनाको मृत्यु, ४० घाइते

    पाकिस्तान । पाकिस्तानको मर्दान सहरमा अवस्थित एक जिल्ला अदालतमा शुक्रबार बिहान सवेरै भएको बम आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । आक्रमणमा दुई जना प्रहरी अधिकारीको समेत मृत्यु भएको छ । 

    विहानको समयमा अदालतमा जम्मा भएका सर्वसाधारणलाई लक्ष्यगरी हाते ग्रिनेड फ्याक्नुको साथै आत्मघाती आक्रमण भएको वरिष्ठ प्रहरी अधिकारी फैसाल सिहजादले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । 

    पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भीषण आत्मघाती आक्रमण भएको तीन हप्ता पछाडी पुनः आक्रमण भएको छ । क्वेटा सहरमा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा भएको आत्मघाती आक्रमणमा दर्जनौ वकिलसहित ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

    Source: http://www.baahrakhari.com//news-details/4698/2016-09-02