CanadaKhabar.com

Saturday, December 28, 2024 -
  • सरुवामा काखा पाखा नगर्नुसः उपप्रधानमन्त्री महरा

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्वच्छ छबी र उच्च मनोबलका साथ काम गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाइ निर्देशन दिएका छन् । 

    आज शुक्रबार बिभागको निरीक्षणपछि, कर्मचारीहरुलाइ दिशानिर्देश गर्दै उपप्रधानमन्त्री महराले करको चुहावट रोक्न बिभागले आवश्यक कदम चाल्नुपर्ने कुरामा जोड दिए । “करको चुहावट धेरै हुन्छ भन्ने मैले बाहिरबाट धेरै सुनेको छु । त्यसको नियन्त्रण गर्न तपाइहरु लाग्नुहोस ।” उपप्रधानमन्त्री महराको निर्देशन थियो ।

    आन्तरिक राजश्व बिभागका कामहरुमा आधुनिक सूचना प्रविधिको प्रयोग गर्न समेत उपप्रधानमन्त्री महराले ध्यानाकर्षण गराए । “अब मानिसले हैन, हातले हैन । प्रविधिले काम गर्ने अवस्था ल्याउनुहोस । करको बिद्युतीय भुक्तानीमा जोड दिनुहोस ।” उनले भने ।

    बिभागमा कर्मचारीहरुको सरुवामा समेत काखा र पाखा नगर्न स्पष्ट निर्देशन दिदै उपप्रधानमन्त्री महराले भने, “काम गर्ने अवसर पाएकाले फेरी कामको अवसर पाउने र काम नपाउनेले काम नपाएको नपाइ हुने अवस्था आउन हुन्न । यही भित्र आलोपालो कामको जिम्मेवारी दिएर सबैलाइ सक्षम बनाउने तर्फ ध्यान केन्द्रित गर्नुहोस ।”

    देशको कानुन, नियम र राजनैतिक अवस्था समेत परिवर्तनशिल हुने भएकाले त्यसलाइ आत्मसाथ गरेर काम गर्न पनि उहाँले कर्मचारीहरुलाइ आग्रह गरे । 

    निर्देशनका क्रममा महराले कर दाता शिक्षा मार्फत सबैलाइ करको दायरामा ल्याउने तर्फ आवश्यक कार्यक्रम गर्न निर्देशन दिदै आन्तरिक राजश्वका कर्मचारी “रोल मोडल” का रुपमा प्रस्तुत हुनुपर्ने वताए । 

    कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिब राजन खनालले बिभागबाट मन्त्रालयले गरेका अपेक्षाका बारेमा बोल्नुभएको थियो । बिभागका महानिर्देशक चुडामणी शर्माले आन्तरिक राजश्व बिभागका बारेमा उपप्रधानमन्त्री महरालाइ जानकारी गराएका थिए ।  

     

    Source: http://www.baahrakhari.com//news-details/4701/2016-09-02