- बाह्रखरी
- २०७३ भदौ १७ शुक्रबार १८:३२:१४
पोखरा । न्यु–डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी क्लब नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । शुक्रबार लामाचौरमा भएको खेलमा साविक विजेता डायमन्डले आर्मीलाई २५, ११, २५, १७ र २५, १५ ले हराउँदै अन्तिम चारमा पुगेको हो । हरितालिका तिज महोत्सव–२०७३ का अवसरमा सञ्चालन हुने प्रतियोगिताको न्यु–डायमण्डले उपाधिमा ह्याट्रिक गरिसकेको छ ।
यसैगरी आर्मी पराजित भएपनि समूह ‘क’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । समूह ‘क’ मा नेपाल पुलिस क्लब प्रतियोगिताको अन्तिम समयमा नआउने निर्णय गरेका कारण डायमन्ड र आर्मीले प्रतिस्पर्धा गरेको थिए ।
यसैगरी अर्को खेलमा एपीएफले मध्यपश्चिमको श्रीगाउँको टोलीलाई २५, ९, २५, १० र २५, १२ ले हरायो । शुक्रबार अन्तिम खेल भने वर्षाका कारण हुन सकेन । एपीएफले पश्चिममाञ्चल विरुद्धको खेलमा २–० ले अग्रता लिइरहेको बेला वर्षाले खेल रोकिएको थियो । नेपाली कला, संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संस्थाको २० औं वार्षिकोत्सवका अवसरमा भैरहेको प्रतियोगितामा नेपालको उत्कृष्ट टोलीले प्रतिस्पर्धा गरिरहेको छन् ।
प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । तेस्रोले २० हजार र सान्त्वनालाई १५ हजार दिइनेछ । विधागतरुपमा वेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइनेछ । भलिबल हेर्न झण्डै ४ हजार दर्शक अट्ने कृत्रिम प्याराफिट तयार पारिएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जनाए ।
प्रतियोगिताको उद्घाटन शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले महोत्सव एवम भलिबल प्रतियोगिताको गरेका थिए ।
Source: http://www.baahrakhari.com//news-details/4702/2016-09-02